२६ कार्तिक २०८३, बिहिबार

ओलीको अर्काे बोल्ड निर्णय, राजनीतिक संस्कारको बाटोमा एमाले

136.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli (2)

काठमाडौं, १८ साउन । सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री पदका लागि उम्मेदवारी नदिने निर्णय गरेको छ ।

सहमतीय सरकारको प्रयास असफल भई बहुमतीय प्रक्रिया सुरु भइसकेपछि अन्तिममा आएर मंगलबार एमालेले अचानक उम्मेदवारी नदिने निर्णय गरेको हो ।

एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने, बिपक्षमा मतदान गर्ने र जिम्मेवार प्रतिपक्षमा बस्ने निर्णय गर्दै रचनात्मक र सिर्जनात्मकसंगै उच्च राजनीतिक संस्कारको बाटो लिएको विश्लेषकहरुको भनाई छ ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको एमाले स्थायी समिति बैठकको यो निर्णयले सबैलाई आश्चर्यचकित पारेको छ ।

यसअघि एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रधानमन्त्री पदका उम्मेदवार हुने चर्चा थियो । एमाले नेता रविन्द्र अधिकारीले सार्वजनिक कार्यक्रमबाटै एमालेले नेम्वाङलाई अघि सार्ने जानकारी समेत गराएका थिए ।

उनले एमालेबाट नेम्वाङ प्रधानमन्त्रीका अर्का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डसँग भिड्ने संकेत गरेपछि राजनीतिक बजारमा नयाँ चर्चा छाएको थियो । मधेसवादी दलका नेताहरुले समेत जनजाति समुदायबाट पहिलोपटक एमालेले नेम्वाङलाई प्रधानमन्त्रीमा उठाउन लागेको खबर सुनेपछि प्रशंसा गरेका थिए ।

तर, पार्टीको स्थायी समितिबाट ओलीले अचानक उम्मेदवारी नदिने निर्णय गराएपछि सबै चकित परेका हुन् । ओलीले प्रधानमन्त्रीको उम्मेदवारी नदिने निर्णय गराएपनि एमालेका सांसदहरुले प्रचण्डको बिपक्षमा मतदान गर्नेछन् ।

एमालेले जिम्मेवार प्रतिपक्षमा बस्ने, बिपक्षमा मतदान गर्ने निर्णय गर्दै रचनात्मक र सिर्जनात्मकसंगै उच्च राजनीतिक संस्कारको बाटो लिएको विश्लेषकहरुको भनाई छ ।

एमालेका यी निर्णयबाट ओलीले सत्ता लम्ब्याउन खोजेको, संसद विघटन गर्न खोजेको, प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्न खोजेको आरोपलाई गलत सावित गरिदिएको छ ।

यसअघि ओलीले मन्त्रिपरिषद बैठकबाटै बाधा अड्काउ फुकाउ आदेश जारी राष्ट्रपतिलाई आग्रह गर्दै नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेका थिए ।