२६ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सुरु, उम्मेदवारी दर्ता हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

samsad-bhawan-bicc (1)काठमाडौं, १८ साउन । प्रधानमन्त्री निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारी दर्ता हुँदैछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सहितका दलहरूको समर्थनमा प्रधानमन्त्री उम्मेदवारी दिँदै छन् ।

संसद् सचिवालयले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी कार्यक्रम सोमबार प्रकाशन गरेको थियो । कार्यक्रम अनुसार आज ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने जनाइएको छ । आजै अपराह्न ४ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

साउन १९ गते बिहान ११ बजे हुने संसद्को बैठकमा सबै उम्मेदवारीको सूचना प्रस्तुत भई प्रस्तावक र समर्थकको समर्थनपछि ती सूचनामाथि सामूहिक छलफल र निर्णायार्थ प्रस्तुत (मतदान) गरिनेछ । ती सबै कार्यक्रम संसद् भवन नयाँ बानेश्वरमा हुनेछ ।

संसद् नियमावली २०७३ को नियम ४९ को उपदफा २ बमोजिम प्रधानमन्त्रीको निर्वाचनको मिति तथा निर्वाचन कार्यक्रम प्रकाशन गरिएको हो ।