२६ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री निर्वाचनमा रणनीति तयार पार्न एमाले स्थायी समिति बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml meetingकाठमाडौं, १८ साउन । प्रधानमन्त्री निर्वाचन र उम्मेदवारी उठाउने कि नउठाउने भन्ने विषयमा छलफल गर्न नेकपा (एमाले)को स्थायी समितिको बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केही समयपछि बस्ने बैठकमा प्रधानमन्त्री निर्वाचनका विषयमा छलफल हुने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिनुभयो ।

‘प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सुरु भएको छ’, उहाँले भन्नुभयो, ‘पार्टीलाई कसरी अगाडि लैजाने भन्ने विषयमा छलफल गर्न स्थायी समितिको बैठक बस्न लागेको हो ।’

बैठकमा प्रधानमन्त्री निर्वाचनमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा छलफल हुनेछ ।