
काठमाडौं, १८ साउन । वर्तमान राजनीतिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ ।
सिंहदरबारमा दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री निर्वाचनमा के गर्ने भन्ने निर्णय गरिने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
‘प्रधानमन्त्री निर्वाचनमा कसलाई मतदान गर्ने भनेर निर्णय गर्न संयुक्त बैठक बोलाएका छौँ’, श्रेष्ठले भन्नुभयो, ‘राप्रपासँगको पार्टी एकीकरणका विषयमा पनि छलफल हुनेछ ।’
राप्रपा र राप्रपा नेपालवीच पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति भइसकेको छ । तर दुबै पार्टीले कहिले एकीकरण गर्ने हुन् केही बताउन मानिरहेका छैनन् ।











प्रतिक्रिया