काठमाडौं, १७ साउन । नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा साउन १९ गते बुधबार चुनाव हुने भएको छ ।
सोमबार बसेको संसद बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीको चुनाव बुधबार बिहान ११ बजे हुने घोषणा गरिन् । उनले निर्वाचन कार्यक्रम सार्वजनिक गर्न तथा आवश्यक प्रक्रिया थाल्न संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएकी छन् ।
यसअघि आजै विहान राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि संसदमा रहेका दलहरुलाई आहृवान गरेकी थिइन् ।
प्रधानमन्त्री पदका लागि कांग्रेस र माओवादी गठवन्धनबाट पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दिनेछन् । एमालेबाट सुवास नेम्वाङको नाम चर्चामा छ ।












प्रतिक्रिया