२६ कार्तिक २०८३, बिहिबार

प्रचण्डले आफ्नै पार्टीबाट पाउनेछैनन् यी भोट!

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda

काठमाडौं, १७ असार । केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकारको नेतृत्व लिने तयारीमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीबाट भोट नपाउने भएका छन् ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रियाबाट नयाँ प्रधानमन्त्री चयन गर्न आह्वान गरेपछि दलहरु व्यवस्थापिका संसदका सदस्य संख्याको जोड घटाउमा लागेका छन् ।

यो जोडघटाउमा कांग्रेस र माओवादीका साँझा उम्मेदवार प्रचण्डले आफ्नै पार्टीबाट तीन भोट नपाउने भएका हुन् । यद्यपी अहिलेसम्मको जोडघटाउमा उनको पक्षमा स्पष्ट बहुमत देखिएको छ ।

माओवादी नेता वर्षमान पुनका अनुसार अहिलेसम्म प्रचण्डको पक्षमा ३ सय ६६ मत छ । संसदबाट प्रधानमन्त्रीमा निर्वाचित हुन २ सय ९८ मत आवश्यक पर्छ ।

माओवादीबाट प्रचण्डलाई को–को भोट हाल्दैनन् ?

प्रधानमन्त्रीका बोलियो उम्मेदवार प्रचण्डले आफ्नो पक्षमा अहिले नै स्पष्ट बहुमत सुनिश्चित गरिसकेपनि आफ्नै पार्टीका तीन मत पाउने छैनन् । संविधानसभाको निर्वाचनमा एमाओवादीले कुल ८४ सिट जितेको थियो । तर, अहिले प्रधानमन्त्रीको निर्वाचन हुनेबेला प्रचण्डसँग जम्मा ८१ मत मात्रै छ ।

प्रचण्डलाई भोट नहाल्ने तीन मतमा डा. बाबुराम भट्टराई, सभामुख ओनसरी घर्ती मगर र ल्यारक्याल लामा हुन् ।

बाबुराम भट्टराईले झण्डै एक वर्षअघि पार्टी परित्याग गरिसकेका छन् । यति मात्रै होइन् संसद सदस्यबाट पनि राजीनामा दिइसकेका छन् । बाबुराम प्रत्यक्ष निर्वाचित सांसद भएकाले उनको स्थान रिक्त छ । यो भोट प्रचण्डले गुमाउनेछन् ।

त्यसैगरी सभामुख ओनसरी घर्ती मगरको मत पनि प्रचण्डले पाउने छैनन् । उनी हाल सभामुख छिन् । सभामुखमा निर्वाचित हुनेवित्तिकै उनले माओवादी र सांसद पद परित्याग गरिन् । सभामुखले मत हाल्ने प्रचलन छैन ।

यसैगरी निलम्बनमा परेका सांसद ल्यारक्याल लामाको मत पनि प्रचण्डले पाउने छैनन् । माओवादी सांसद लामा भ्रष्टाचारको मुद्दामा अख्तियारको छानविनमा छन् ।

आफ्नो पार्टीका तीन मत नपाएपनि प्रचण्डको पक्षमा कांग्रेस, नेकपा संयुक्त, मधेसी मोर्चा, फोरम लोकतान्त्रिक लगायतका दलहरुले मतदान गर्ने निश्चित भएको छ । जून स्पष्ट बहुमत हो ।