२६ कार्तिक २०८३, बिहिबार

बाँध भत्काउँदै सीमा बचाउन भारतीयसँग लडेका देवनारायण काठमाडौंमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dev-narayan-yadav

काठमाडौं, १५ साउन । सप्तरीको तिलाठीमा साउन १३ गते भारतीय पक्षबाट दसगजामा नदीको बहाव थुनेर तटबन्ध बनाएपछिको झडपमा घाइते पूर्वजिविस सदस्य देवनारायण यादव १५ साउन शनिबार काठमाडौं आउनुभएको छ ।

‘राष्ट्रिय स्वाधिनताका लागि युवा अभियान’ नामक अनौपचारिक समूहको पहलमा उहाँलाई काठमाडौं ल्याइएको छ । विराटनगरबाट जहाजमा आउनुभएका यादवलाई अभियानकै पहलमा स्वयम्भूस्थित प्रस्तावित मनमोहन शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

Dev-narayan-yadav (2)

उपचारको सम्पूर्ण व्यवस्थासहित काठमाडौंमा रहँदा लाग्ने खर्च अभियानले नै जुटाउने संयोजक ठाकुरल गैरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले यादवलाई मनमोहन अस्पतालमै गएर भेट्ने कार्यक्रम तय भएको छ ।