३१ आश्विन २०८३, शनिबार

यी हुन् नेविसंघ अध्यक्षको दुई असली प्रतिस्पर्धी उम्मेदवार

7.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयनसिंह महर
नयनसिंह महर

काठमाडौं, १५ साउन । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को ११औँ महाधिवेशन आउन मुस्किलले सीमित दिन बाँकी छ । महाविधेशन नजिकिँदै गर्दा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्नेहरूको पनि धमाधम नाम आउँछै छन् ।

यसैक्रममा नेविसंघको भावी अध्यक्षका रुपमा दुई चर्चित नाम अगाडि आएका छन् । ती हुन मनोजमणि आचार्य र नयनसिंह महर । आचार्य र महरवीच नै अध्यक्ष पदमा कडाप्रतिस्पर्धा हुने विद्यार्थी नेताहरूको भनाइ छ ।

हुन त नेविसंघमा जितजंग बस्नेतले पनि अध्यक्षमा दाबी गर्दै आएका छन् । बस्नेत अध्यक्षको उम्मेदवार बनेमा आचार्य समूहले सहज रुपमा जित्ने स्रोतको दाबी छ । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाको समर्थन रहेको भन्दै बस्नेत समूहले आफ्नो प्रचार गरिरहेको छ ।

नेविसंघको संगठनमा योगदान दिँदै आएको आचार्य समूहलाई कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला परिवारको जोडदार समर्थन छ । महरलाई सभापति देउवा र प्रभावशाली नेताहरूले नै नेविसंघको भावी अध्यक्षका रुपमा लिने गरेका छन् । नेविसंघमा पकड राख्ने आचार्य र महरले अहिले आफ्नो गतिविधिलाई तीव्र बनाइरहेका छन् ।

बस्नेत समूह भने नेविसंघको आउँदै गरेको महाधिवेशन बिथोलेर टीके अध्यक्ष बन्ने दाउमा लागेको आरोप छ । बस्नेत समूहलाई साथ दिने गरी नेविसंघका नेता कुन्दन काफ्ले समूह सक्रिय भएको छ । कुन्दन आफ्नो गृह जिल्ला दोलखामा माउ पार्टी कांग्रेसको सभापतिमा समेत उम्मेदवारी दिएर पराजित भएका थिए ।

आफू निकटका नेताहरूलाई महाधिवेशन प्रतिनिधि बनाउनुपर्ने अडान सहित अनशनमा रहेको काफ्ले समूह महाविधेशनको पक्षमा छैन

मनोजमणि आचार्य
मनोजमणि आचार्य भनेर नेविसंघका नेताहरूले नै आरोप लगाएका छन् । बिबादमा आइरहने काफ्लेलाई गगन थापा र प्रदीप पौडेलले त्यागी सकेका छन् । गगन र प्रदीपको समर्थन अहिले मनोजमणि आचार्यलाई गएको छ ।

हुन त नेविसंघका अध्यक्षमा दाबी गर्नेमा नीलकण्ठ रिजाल, रामप्रसाद अधिकारी पनि छन् । रिजाल, अधिकारीसहित झण्डै एक दर्जन नेताहरूले अध्यक्ष पदमा रहर गरेका छन् । अध्यक्षमा जसले दाबी गरेपनि आचार्य र महरवीच नै कडा प्रतिस्पर्धा हुने नेविसंघका एक नेताले बताए । महरलाई जिताउन विद्यार्थी नेता ऋषिकेश जंग शाहसहितको समूह सक्रिय भएर लागेको छ ।

अध्यक्षमा दाबी गरेर उम्मेदवारी घोषणा गर्नेमा दीपक भट्टराई, आनन्द त्रिपाठी, पदमराज पन्त पनि रहेका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका सबै उम्मेदवारले आफूले जित्ने दाबी गर्छन् ।

महामन्त्रीमा उर्मिला थपलिया, कमला न्यौपाने, विनयराम भट्ट, डिल्लीराम सुवेदी, युवराज पाण्डे, हिमालदत्त श्रेष्ठ, सरोज थापा, मनोज बैद्यलगायतले उम्मेदवारी घोषणा गरेका छन् । सहमहामन्त्रीमा दिनेशचन्द्र थपलियासहितका नेताहरूले दाबी गरिरहेका छन् ।

उपाध्यक्ष हरिशचन्द्र भण्डारी, प्रचण्ड न्यौपाने ‘गुन्टु’, खेम पौडेल, कृष्ण कार्की, मंगल मेन्याङ्बो, लवराजा सिंह, प्रभु पटेल, परमशेश्वर साह, गोकुल सापकोटा, मोतीलाल भण्डारी, समुन खड्का, वीपी रेग्मी, तर्कराज भट्टलगायतले उम्मेदवारी घोषणा गरेका छन् ।