उदयपुर, ९ साउन । उदयपुरको विकट गाबिस लाफागाँउकी ९ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा शनिबार बेलुका एक बृद्ध पक्राउ परेका छन् ।
बारीका मकै बाँदरले नष्ट गर्न थालेपछि जोगाउन बारीमा गएकी बालिकालाई ५२ वर्षीय डिगबहादुर पाठकले जवरजस्ती करणी गरेका हुन् ।
घर नजिकैको मकै बारीमा लगेर जवरजस्ती करणी गरेको स्थानीय महिला स्वयसेविका बिष्णु मल्लले बाटोबाट देखेपछि पाठक भागेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी ओमबहादुर रानाले जानकारी दिए ।
फरार पाठकलाई शनिबार राति कमलबहादुर बरालको घरमा स्थानीयबासीहरुले चारैतिर घेरा हाली पक्राउ गरेका थिए ।












प्रतिक्रिया