१९ कार्तिक २०८३, बिहिबार

अनेरास्ववियुद्धारा यातायातमा ४५ प्रतिशत विद्यार्थी छुट माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

annsfu

तनहुँ, ८ साउन । शनिबार बसेको अनेरास्ववियु तनहुँ क्षेत्र न २ को नियमित बैठकले तनहुँ क्षेत्र भित्र चल्ने सार्वजनिक यातायातमा बिद्यार्थी परिचय पत्रको आधारमा ४५५ छुट दिनको लागि सम्पूर्ण यातायात ब्यावसायीको ध्यानाकर्षण गर्ने भएको छ ।

अनेरास्ववियु तनहुँ क्षेत्र न २ का अध्यक्ष विशाल ढकाल ‘लेनिन’को अध्यक्षता, नेकपा एमाले तनहुँ जिल्ला पार्टी सचिव भगवती न्यौपानेको प्रमुख आतिथ्यता, तनहुँ पार्टी कार्यालय सचिव राजेश्वर ढकालको विशेष आतिथ्यमा, अनेरास्ववियु तनहुँ जिल्ला कमिटी सह–सचिव बिश्वप्रकास भुसाल, जिल्ला सदस्य दल बहादुर थापा,अनेरास्ववियुका पुर्ब रापस पृथ्वी भुजेल, अनेरास्ववियु पोबिबी केन्द्रिय सदस्य संकल्प ढुंगाना ‘प्रतीक’को आतिथ्यमा बसेको बैठकले तनहुँ क्षेत्र न २ भित्र रहेका उमावि, माविमा कमिटी निर्माण बिस्तारका साथै रचनात्मक कार्यक्रम गर्ने र कमिटीका सम्पुर्ण सदस्यको परिचयपत्र बनाउने लगायत महत्त्वपूर्ण निर्णय गरेको अध्यक्ष विशाल ढकालले जानकारी दिए ।