काठमाडौं, ८ साउन । नेकपा (माओवादी केन्द्र)का सांसद तथा नेता हरिबोल गजुरलले प्रधानमन्त्री केपी ओलीसँग भएको नौँ बुँदे सहमति कार्यान्वयन नभएको बताउँदै भद्र सहमतिमा नबोलेकोमा आपत्ति जनाउनुभएको छ ।
व्यवस्थापिका संसदमा अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो– ‘सरकार चलाउन नौँ बुँदे सहमति भयो । प्रधानमन्त्री केपी ओलीले भद्र सहमति कार्यान्वयनमा ध्यान दिनुभएन । तथ्यमा बोल्नुपर्छ । शान्ति प्रक्रिया टुङ्गिने नदेखेपछि विकल्पतिर जान बाध्य भयौं ।’
नेता गजुरेलले शान्ति प्रक्रिया नटुंगिने अवस्था आएको भन्दै वर्तमान सरकारले षडयन्त्र गरेर माओवादीका नेतालाई जेल पठाउन खोजेको संकेत गरे ।
एमालेको टिमसहित बसेर भएको सहमति कार्यान्वयन नहुने भएपछि माओवादी केन्द्रले बिकल्पतर्फ लागेको नेता गजुरेलको भनाइ थियो ।













प्रतिक्रिया