२६ कार्तिक २०८३, बिहिबार

ओलीविरुद्धको अविश्वास प्रस्तावमा दोस्रो दिनपनि छलफल हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sadan-660x330काठमाडौं, ८ साउन । प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्तावमा आज दोस्रो दिन पनि संसदमा छलफल हुने भएको छ ।

बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने संसद बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुने कार्यक्रम छ । शुक्रबार बेलुका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले ओलीविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्नुभएको थियो ।

अविस्वासको प्रस्ताव पेश भएपछि कांग्रेसका तर्फबाट सांसद विमलेन्द्र निधीले समर्थन गर्नुभएको थियो । प्रस्तावको विपक्षमा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले धारणा राख्नुभएको थियो ।

अविश्वासको प्रस्तावको दोस्रो दिनको छलफलमा सांसदहरूले दलीय आधारमा धारणा राख्नेछन् ।

अविश्वासको प्रस्तावमा छलफल सक्किएपछि संभवत भोलि आइतबार निर्णयार्थ पेश गरिनेछ ।