काठमाडौं, ७ साउन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानअनुसार नयाँ सरकार बनाउने प्रावधान छैन भन्ने तर्कको खण्डन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेस गर्दै सम्बोधन गर्ने क्रममा प्रचण्डले नयाँ सरकार बनाउन कुनै संवैधानिक जटिलता नरहेको स्पष्ट पार्दै आफूलाई प्रधानमन्त्री बन्न कसैले रोक्न नसक्ने संकेत गरे ।
नयाँ सरकार बनाउने व्यवस्था छैन भनेर दिउँसै रात पार्ने काम नगर्न उनले आग्रह गरे । नयाँ सरकार गठनको प्रक्रियाका लागि अन्तरिम संविधानको धारा ३८ र अहिलेको संविधानको धारा २९८ (१) बाहेक अरु सबै उस्तै रहेकाले प्रधानमन्त्री हट्ने व्यवस्था छ तर सरकार बनाउने व्यवस्था छैन भन्नु ‘दिउँसै रात पार्नु हो’ उनले भने ।













प्रतिक्रिया