पोखरा, ७ साउन । नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलालको विचार समय सान्दर्भिक रहेको बताएका छन् ।
शुक्रबार नेकपा एमाले कास्कीले पुष्पलाल श्रेष्ठको ३८ औँ स्मृति दिवसका अवसरमा गुरुङले पुष्पलालका विचार वर्तमानमा पनि उत्तिकै सान्दर्भिक भएको बताएका छन । गुरुङले नेपाली जनताको स्वतन्त्रता र देशको समृद्धिका लागि पुष्पलालले गरेको सङ्घर्ष प्रत्येक राजनीतिकर्मीका लागि प्रेरणादायी भएको बताए ।
कार्यक्रममा गुरुङले समृद्ध नेपालको परिकल्पनासहित पुष्पलालले अघि सारेको विचार तथा आदर्शलाई आत्मसात गर्दै अघि बढ्नु आवश्यक भएकोमा जोड दिए ।
पार्टीद्वारा पुष्पलाल स्मृतिपार्क पोखरामा आयोजित कार्यक्रममा पुष्पलालको सालिकमा माल्यार्पण गर्दै नेताहरूले पुष्पलालको योगदानका जगमा नेपाली कम्युनिस्ट आन्दोलन वर्तमानसम्म आइपुगेको बताएका छन ।
पुष्पलाल स्मृति दिवसकै अवसरमा पुष्पलाल अध्ययन केन्द्र कास्कीले आज पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको ज्येष्ठ नागरिक वार्डमा फलफूल वितरण गरेको छ ।













प्रतिक्रिया