१९ कार्तिक २०८३, बिहिबार

प्युठानमा पहिरोले तीन घर पुरिए, एक जना बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pahiro-badi– सलिम अन्सारी

प्युठान, ७ साउन । गएराति परेको अबिरल वर्षाले प्युठानको फोप्ली–९ मैरामारेको बांगेसल्लामा पहिरो जाँदा तीन घर पुरिएका छन् ।

स्थानीय यमबहादुर घर्ती, ओविराम घर्ती र थमबहादुर घर्तीको घर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

पहिरोमा परी अबिरामकी १२ वर्षीया छोरी बालमती घर्ती बेपत्ता भएको प्रहरी नायव उपरीक्षक रन्जितसिंह राठौरले जानकारी दिए । मैनामारे प्रहरी चौकीबाट गएको प्रहरीले बालिकाको खोजी कार्य जारी राखेको उनले बताए ।

पहिरोमा परी यमबहादुरकी ५८ वर्षीया श्रीमती भोवी घर्ती घाइते भएकी छिन् । उनको दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । अबिराम घर्ति घाईते भएको डीएसपी राठौँरले बताए ।

रातभर परेको वर्षाले घरमाथीबाट आएको पहिरोले घर पुरेको हो । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल विजुवारमा ल्याउने प्रयास भएपनि लगातार परिरहेको पानीले समस्या भइरहेको प्रहरीले जनाएको छ ।

लुङ खोलाको बाढीले धान बालि नष्ट

यसैबीच उत्तरी प्युठानको लुङ खोलामा भीषण बाढि आएको छ । गएराती परेको बर्षाले नदिमा पानीको बहाव बढेको हो ।

नदिमा आएको बाढिले खेत कटान गर्दा थुप्रै ठाउँमा कृषकले लगाएको धान बालि नष्ट गरेको स्थानिय महेश थापाले बताए। उनका अनुसार नदि छेउका धेरै गाउँहरु उच्च जोखिममा परेका छन् । बाहाने–बाग्दुला सडक खण्ड दर्जन बढी स्थानमा पहिरो झरेका कारण पुर्ण रुपमा अबरुद्ध भएको छ ।

बाटो अबरुद्ध हुदा सवारीसाधनहरु चल्न सकेका छैन । स्थानियहरु त्रासदी पुर्ण अबस्थामा पैदल यात्रा गर्न बाध्य छन। हप्तौं देखि यहाको दैनिकी कष्टकर बनेको छ ।