१९ कार्तिक २०८३, बिहिबार

ब्लड क्यान्सर पीडितलाई डेढ लाख सहयोग

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

blood-cance

पाल्पा, ६ साउन । सामाजिक सञ्जालको माध्यमबाट युवाहरुको एक समुहले आर्थिक संकलन गरि ब्लड क्यान्सर पीडितलाई सहयोग गरेका छन् ।

उनीहरुले पाल्पाको भुवन पोखरीस्थित स्थानीय गन बहादुर रास्कोटीलाई स्थानीयको रोहवरमा सो पीडित रास्कोटीको घरमा एक कार्याक्रम गरी नगद एक लाख ४६ हजार पचास रुपौयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

बैदेशिक रोजगारीको क्रममा साउदी अरेवीया रहँदा विरामी परेका रास्कोटी स्वदेश फर्की घरमा आर्थिक अभावले गर्दा मृत्यु सँगै लडिरहेका थिए । उनी मृत्युसँग संघर्ष गरिरहेको खबर स्थानीय युवाहरुको सक्रियतामा निर्माण गरिएको सामाजिक संजाल फेसबुक समूह रैनादेवि झिर्वास दोहोरी साँझ नामक फेसबुक ग्रुपलाई थाहा भएपछि सोही गु्रपको प्रयासमा “जागौ युवा जागौ, जीवन बचाऔं” भन्ने मूल नाराका साथ अभियान चलाएर सो रकम संकलन गरेको ग्रुपका सञ्चालक समिती अध्यक्ष यादव प्रसाद भटराईले जानकारी दिनुभयो ।

मानब सेवाका लागि एक कदम माथि उठि आफुले सक्दो सहयोग गरेको ग्रुपका सञ्चालक तथा कार्यक्रम संयोजक रुपेश ढकालले जानकारी दिनुभयो । उहाँले वैदेसिक रोजगारी रहर नभै बाध्यता रहेको बताउँदै विदेशमा श्रम बेच्दा बेच्दै यस्ता रोगको सिकार बन्नु पर्ने दर्दनाक परिस्थिति हामी सामु खडा रहेको उहाँले बताउनुभयो ।

आफ्ना दुई छोरी, एक छोरा र श्रीमतीका साथ बस्दै आउनुभएका राष्कोटीको शरीरको पुरै रगत फेर्नुपर्ने भए तापनि आर्थिक अभावमा मृत्युलाई कुर्दै बसिरहनुपरेको बताउँदै दाताहरुको केही पोका रगत बाट अहिलेसम्म बाच्दै आईरहेको र यो सहयोगले पनि आफ्नो जिवनलाई केही लम्ब्याउन सक्ने आशा ब्यक्त गर्नुभयो । उहाँले आफ्नो जिवन बचाउनका लागि सबै सँग अनुरोध समेत गर्नुभयो । सहयोग गर्न चाहानेले उहाँको श्रीमती डोलमाया राष्कोटीको नाममा रहेको निर्धन उत्थान बैंक पाल्पा (छहरा) शाखाको खाता नं.१६०११४.मा जम्मा गरिदिन सक्नेछन् ।

उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रमको संचालन गु्रपका सल्लाहकार एवं संचारकर्मी विष्णु भट्टराईले गर्नुभएको थियो ।