२६ कार्तिक २०८३, बिहिबार

काठमाडौंमा विद्यार्थी झारेर स्कुल बसमा आगजनी, तीन जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

school-bus-ago-1

काठमाडौँ, ६ साउन । राजधानीमा विहीबार विहानै विद्यार्थी बोकेको एक स्कुल बसमा आगजनी भएको छ ।

धोबिघाटमा रहेको आइडल मोडल स्कूलको बा २ क ४६९ विद्यार्थी बोकेको बसमा काठमाडौंको डल्लुस्थित विष्णुमती पुल नजिक आज बिहान तीन जना अज्ञात व्यक्तिले आगजनी गरेका हुन् । उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

school-bus-ago

उनीहरुले आफूलाई माओवादी केन्द्रबाट छुट्टिएको समूह र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन केन्द्रको कार्यकर्ताका रुपमा चिनाएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार सबै विद्यार्थीलाई झारेर उनीहरुले बसमा पेट्रोल छर्की आगो लगाएका थिए । आगजनीबाट बस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

school-bus-ago-2