२६ कार्तिक २०८३, बिहिबार

संसद बैठक २ बजेसम्म स्थगित, शीर्ष नेताबीच कुरा मिलेन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sambhidhan-Bhavan-1024x685

काठमाडौं, ६ साउन । व्यवस्थापिका संसदको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दर्ता गराएको अविश्वासको प्रस्तावमा छलफल हुनेगरी आज विहान ११ बजे बैठक आह्वान गरिएको थियो ।

तर, प्रमुख दलहरुले आआफ्नै अडान राख्दा मुडभेडको अवस्था आउने देखिएपछि सहमतिको प्रयासलाई निरन्तरता दिने निर्णय गर्दै २ बजेसम्म बैठक स्थगित गरिएको हो ।

यसअघि सभामुख ओनसरी घर्तीको अध्यक्षतामा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डबीच सहमतिको प्रयास गरिएको थियो ।

शीर्ष नेताहरुले आआफ्नै अडान दोहोर्याएपछि सहमतिको प्रयास सफल भएन् । सभामुखसँगको छलफलमा सत्तारुढ दल नेकपा एमालेले कार्यसूचीमा पहिला बजेटसम्बन्धी विधेयकहरु आउनुपर्ने अडान राख्यो भने कांग्रेस र माओवादीले पहिला अविश्वासको प्रस्ताव कार्यसूचीमा आउनुपर्ने अडान राख्यो ।

सहमति नजुटेपछि शीर्ष नेताहरुले पार्टीसँग आन्तरिक छलफल गरी पुनः १ बजे सहमतिको प्रयास गर्ने समझदारीसहित सभामुखको निर्देशनमा संसद सचिवालयले बैठक स्थगित गरेको हो ।

Sansad