१९ कार्तिक २०८३, बिहिबार

काँग्रेस गोरखा सचिवमा न्यौपाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress

गोरखा, ६ साउन । नेपाली काँग्रेस गोरखाको सचिव पदमा महासमिति सदस्य, महाधिबेशन प्रतिनिधि एवं क्षेत्र नं. ३ का पूर्व सभापति नन्दप्रसाद न्यौपाने चयन हुनुभएको छ ।

काँग्रेस जिल्ला कार्यसमिति गोरखाको बुधबार बसेको बैठकबाट न्यौपाने सर्वसम्मत रुपमा सचिव पदमा मनोनित हुनुभएको हो ।

यस्तै, बैठकले जिल्ला सदस्यसमेत रहनुभएका रामप्रसाद भण्डारीलाई कानूनी सल्लाहकारमा चयन गरेको छ । काँग्रेसको बिधानअनुसार जिल्ला कार्यसमितिमा दुई जना सचिव रहने व्यवस्था छ ।

एउटा सचिव अधिवेशनका बेला निर्वाचित हुन्छन् भने सचिव र उपसभापति पदमा कार्यसमितिले मनोनित गर्ने नियम छ । काँग्रेस सभापति हरिबहादुर घलेका अनुसार सचिवमा न्यौपानेलाई मनोनित गरिएको छ भने उपसभापति अर्को बैठकले टुङ्गो लगाउने छ । रासस