काठमाडौं, ६ साउन । अविश्वासको प्रस्ताव, बजेट र संसदको कार्यसूचीमा देखिएको बिबाद अन्त्य गर्न
प्रमुख तीन दलका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । सहमतिको प्रयास स्वरुप कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको छलफल भइरहेको छ ।
सिंहदरबारस्थित सभामुखको सचिवालयमा जारी तीन दलका शीर्ष नेताहरूको बैठकमा सभामुख ओनसरी घर्तीको पनि सहभागिता रहेको छ ।
संसदको कार्यसूचीमा पहिला बजेट राख्ने कि अविश्वासको प्रस्ताव राख्ने विषयमा प्रमुख दलहरूका वीच सहमति हुन नसक्दा अन्यौल बढेको छ ।
बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित दोस्रो तहका नेताहरूको सहभागिता रहेको छ ।












प्रतिक्रिया