१९ कार्तिक २०८३, बिहिबार

मुक्त हलियाका लागि १५ घर निर्माण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

house

– भोबिन्द्र शाह

बाजुरा, ५ साउन । जिल्लामा मुक्त हलिया पुर्नस्थापना अभियान अन्र्तगत बाजुरा जिल्लामा १५ जना मुक्त हलियाहरुको घर निर्माण कार्य सम्पन्न भएका छन् ।

जिल्लामा हलियाहरुको सङख्या १६सय ३० जना मध्ये ९सय २४ जनाले हलिया परिचय पत्र पाएको र बाँकी ७१२ जनाले अझै परिचय लिन बाँकी रहेको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाजुराले जनाएको छ । आ.ब २०७१/०७२ मा १५ क बर्गमा रहेका हलियाहरुको घर निर्माण सम्पन्न ८ जनाका लागी जग्गा खरिद र दश जनाले घर मर्मत गरेको बताएको छ । आ.ब. २०७२/०७३ मा घरनिर्माणमा परेका मुक्त हलियाहरु कोटिला १ का बजिरे चदारा,बाँधु ७का रुपे ल्वार, बलरुप ल्वार, कोल्टी २ का फागुने सार्की, कोटिला ९का मन सार्की रहेका टन भने दश जनाले गत आबमा घर निर्माण भइ हस्तान्तरण गरेको मालपोत कार्यालय बाजुराले जनाएको छ ।

आ.ब २०७३/०७४ का लागी १३ जनाका लागी घर निर्माण,४५ जनाको घर निर्माण र ३५ जनालाइ जग्गा खरिदका लागी मुक्त हलियाले माग गरेका छन । यो बर्ष ८० जना हलियाहरु समेत प्रंमाणित भएको जनाएको छ । परिचय पत्र लिन बाँकी मुक्त हलियाहरुमा बृद्ध,बृद्धा, र बिदेशमा रहेका भएकाले तीनीहरुका लागी पीसबिन बाजुरा मानब संसाधन केन्द्र बाजुरा संग हलिया सम्बन्धि जनचेतनामुलक कार्याक्रम भएकाले आफुहरुले मुक्त हलिया परिचय पत्र बितरणमा सहयोग गर्ने पीसबिन बाजुराका प्रबन्धक जुद्ध रावलले बताएका छन ।

हलियाहरुको संङख्या अझै बढ्न सक्ने भएकाले छुट मुक्त हलियाका परिचय पत्र पैरबी गर्नका लागी जिल्ला प्रशासन कार्यालय बाजुरा संग समन्वयका लागी सरोकारवाला निकायले एक्यबद्धता जनाएका छन ।