१९ कार्तिक २०८३, बिहिबार

रक्सी साहुँले रुपन्देहीमा यसरी ताण्डव मच्चाए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

phoolsinghभैरहवा, साउन ५ । पैसा भएपछि यो मुलुकमा जे गरेनी हुन्छ भन्ने दृष्टान्त पछिल्लो समय रुपन्देहीमा एक जना व्यापारीले देखाएका छन् ।

रक्सीको अवैध कारोबार गरेर अकुत सम्पति आर्जन गरेका यहांका एक व्यवसायी पैसाको मातमा सर्वसाधरणलाई मरणासन्न हुनेगरी कुट्दै हिड्न थालेका छन् ।

पैसाको आडमा मान्छे कुट्दै हिड्ने व्यापारी हुन् फुल सिंह क्षेत्री । क्षेत्रीले गत वर्ष अबैध रक्सीको कारोबार गरेको तथा कर छली गरेको अभियोगमा आन्तरीक राजस्व कायलयमा सवा करोड जरिवाना तिरेका थिए । त्यतिबेला अन्तशुल्कको स्टीकर नलगाई अबैध ढंगले रक्सीको कारोबार गरेको अभियोगमा कर र प्रहरीको संयुक्त टोलीले रक्सी सहित गाडी बरामद गरेको थियो । अहिले मर्चवार र धकधई लगायत नेपाल भारत सीमावर्ति क्षेत्रमा उनको क्रिस्टल बोटलर्स प्रा.लि मार्फत उत्पादित रक्सी अबैध तरिकाले विक्री वितरण भइरहेको छ ।

रक्सीको अबैध कारोबार गरी अकुत सम्पती कमाएका क्षेत्रीले अस्ती (साउन २ गते) सांझ भैरहवामा अर्को वितण्डा मच्चाए । क्षेत्रीले लुम्बिनीबाट काठमाण्डौं जाने लु १ ख ८०१७ नम्बरको रात्री डिलक्स बसका साहू, चालक र सहचालकलाई मरुजेन्ल कुटे । उनको कुटाइबाट बसका साहू सुरज गुप्ताको अगाडीको दांत समेत भाचिन पुग्यो । मान्छे कुटपीट गर्ने क्षेत्रीलाई पछि प्रहरीले गुप्ताको जाहेरीमा पक्राउ गरी अनुसन्धान थाल्दा उनी विरामी भएको भन्दै भैरहवाको भीम अस्पतालको क्याविन नम्बर १ मा बसी उपचार गराइरहेका छन् । मान्छेको दार्तै झर्नैगरी पीट्ने क्षेत्री भने विरामी भएको नाटक गरी अस्पतालको क्याबिनमा आरमले बसिरहेका छन् ।

यता क्षेत्रीमाथि प्रहरी अनुसन्धान नथाल्न रुपन्देहीका प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुंगलाई यतिबेला मन्त्रीदेखी स्थानिय नेता मात्रै होइन व्यपारीक संघसंस्थाले समेत दबाब दिइरहेका छन् । क्षेत्रीलाई कारबाहि नगर्न माग गर्दै सिद्धार्थ उद्योग वाणिज्य सघ, उद्योग व्यापार संगठन त जिल्ला प्रहरी कार्यलयमा डेलिगेसन नै गएको बुझिएको छ । अर्कोतर्फ रुपन्देहीबाट प्रतिनिधित्व गर्ने मन्त्री, सांसद देखी सबै तहका मान्छेले प्रहरीलाई दबाब दिएको बुझिएको छ । दबाबको सम्बन्धमा बुझ्दा रुपन्देही प्रहरी प्रमुख एसपी गुरुंगले भने “यो देशमा लोकतन्त्र गणतन्त्र आएको भन्छन् तर कानुन भन्दा माथी छु भन्नेहरु अझै रहेछन् । दबाबको कुरा भन्दा पनि उसलाई कारबाही नहोस् भनेर भएभरको सिफारीश आएको छ ।”

कानुनका विद्यार्थी समेत रहेका एसपी गुरुंगले भने पैसाको भरमा कानुन विपरित गर्न खोज्नेहरुलाई जति सिफारिस दबाब आएपनि नछाडिने कानुन अनुसार नै कारबाहि अगाडी बढाइने जनाए । प्रहरीले क्षेत्रीलाई जाहेरीको आधारमा अनुसन्धान थाल्ने जनाएको छ ।

रुपन्देही प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कि का अनुसार सुरज गुप्ताले फुलसिंह सहितलाई किटानी जाहेरी दिएको जनाए । डिएसपी कार्किका अनुसार फुलसिंह संगै मिलेर मान्छे पीट्ने भारतीय नागरिक अजय क्षेत्री र बसन्तपुर ८ रुपन्देहीको जगदीस साहनीलाई प्रहरी हिरासतमा राखी ६ दिनको म्याद थपी सार्वजनिक अपराध अन्र्तगत अनुसन्धान जारी राखिएकोे र फुलसिंह विरामी भएकोले अस्पतालमा उपचार गराइरहेको सो उपचार पश्चात पक्राउ गरी कानुनी प्रक्रिया अगाडी बढाइने बताए ।

घटना के हो ?

साउन २ गते सांझ राती ८ बजे लुम्बिनीदेखी काठमाण्डौंको लागी हिडेको पश्चिम नेपाल बस व्यवसायी संघसंग आवद्ध रहेको रात्रिकालिन लु १ ख ८०१७ नम्बरको डिलक्स बस भैरहवातर्फ आउदै थियो । बेथरी पुलमा दुईजना मान्छेले बस रोके । बेथरी पुल सानो र एकतर्फी भएकोले बस केही बेर रोकीएको थियो । सोही बेला बसका सहचालकले यात्रु राख्न नमान्दा नमान्दै जवरजस्ती गरेकाले ती यात्रुलाई बसमा राखीयो । बसका सहचालकले लोकल प्यासेन्जर राख्न नमिल्ने जनाउदैं राख्न मानेका थिएनन् । जवरजस्ती बसमा चढेका ती यात्रुले बनगाई चोकमा आएपछि झग्डा शुरु गरे । उनीहरुले विवादकाबीच बसका सहचालकलाई हातपात समेत गरे । केहीबेर अघि चढेका ती यात्रु र सहचालकबीच बस भित्रै झगड भएपछि बसको क्याबिनमा बसेका गाडी मालिक सुरज गुप्ताले गाडी रोकाएर र यात्रुलाई सम्झाउन थाले । यत्तिकैमा उनीहरुले बोलाएको मान्छे हुन सक्छ । ऊ आयो गाडी लिएर । बा १४ च ६४३० नम्बरको सानो गाडीमा आएको उसले एकैचोटी आएर बस मालिक, डाइभर र सहचालकलाई कुटे । कुटाइखाएपछि उनीहरुसंग विवाद नगरी बसका स्टाफहरु भागेर बसको सिसा लक गरी भैरहवा तर्फ भाग्दै थिए । कारले पिछा गरिरहेको थियो । पिछा गरिरहेको सो कारले भैरहवाको लुम्बिनीगेटमा बसलाई क्रस गरी बस अगाडी गएर बाटो छेक्यो । बसका स्टाफहरु डराएर बसभित्रै बसे । पछि जनतन उनीहरु त्यहाबाट भागेर अन्चलपुर प्रहरी चेकिंगमा पुगी घटनाको वृतान्त सुनाउदैं प्रहरीलाई बचाउन आग्रह गरे । उनीहरुले प्रहरीलाई आग्रह गरिरहेकैबेला सो कारमा सवार फुल सिंह क्षेत्री र अरु ४ जना केटाहरु त्यहां पुगी प्रहरीकै अगाडए एक तमासले कुटे । उनीहरुको कुटाइबाट गाडी मालिक गुप्ताको अगाडीको दात नै भाचिन पुग्यो । प्रहरीले २ जनालाई तत्काल पक्राउ गरयो तर मुख्य अभियुक्त क्षेत्रीलाई रोक्न खोज्दा गाडी नै प्रहरी माथी चढाउन खोजेकोले प्रहरीले तत्काल रोक्न सकेन । पछि रातभरी क्षेत्रीलाई प्रहरीले खोज्यो सकेन अर्कोदिन प्रहरीले उसलाई घरबाटै गिरफ्तार गरयो ।

क्षेत्री गिरफ्तार भएर जिल्ला प्रहरी कार्यलय परिसरभित्र नछिर्दै उनलाई कारबाहि नगर्न प्रहरी प्रमुखलाई तारन्तर दबाब आइरहयो । यतिसम्म दबाब आयोकि मन्त्री देखी उद्योग वाणिज्य संघका नेताहरुले उसलाई थुने प्रहरीलाई असहयोग गर्ने समेत धम्की दिए । तर पनि प्रहरीले क्षेत्रीलाई थुनुवा कक्षमा राख्यो । थुनुवा कक्षमा राखेको केही बेरमै क्षेत्री अस्वस्थ भएको भन्दै विरामी परेको नाटक गरे । विरामी भएको भनेपछि प्रहरीले अस्पताल लैजाने प्रचलन अनुसार अस्पताल लैजादा प्रेसर बढेको देखियो । अस्पतालले भर्ना गरिदियो । उनी अहिले भीम अस्पतालको क्याबिन नम्बर १ मा बसिरहेका छन् । उता उनले कुटेर दांत भाचिदिएका बुटवल डाइभर टोलका सुरज गुप्ता न्याय नपाउने होकी भन्ने चिन्तामा छन् ।

यो सम्बाददातासंग उनले भने “मैले अनाहकमा कुटाई खानु पर्यो । त्यो मान्छे पैसाको धाकमा मान्छे पिट्दै हिड्दो रहेछ । उसलाई मैले जाहेरी दिएको छु । कानुन अनुसार कार्वाही होस् भन्ने मेरो अपेक्षा छ ।”

क्षेत्रीलाई डी साहु सुरज गुप्ता, गाडी चालक महादेव चौधरी , सुनिल चौधरीलाई मराणासन्न हुनेगरी कुटेको अभियोगमा सार्वजनिक मुद्धा चलाई अनुसन्धान थाल्ने प्रहरीले जनाएको छ । उता क्षेत्रीका मान्छेले पीडित गुप्तालाई समेत भेटी जति पैसा चाहिन्छ ल्याऊ मुद्धा फिर्ता गर भनेर दबाब दिइरहेको जनाइएको छ ।

यता अर्को रहस्यको कुरा सामन्य विवाद हुदां विज्ञप्ती र विरोध गर्ने यातयात व्यवसायीहरु संसाझै गाडी चालक सहचालक र साहुलाई मराणासन्न हुनेगरी पिटाइ खाएको यतिका दिनसम्म मौंन छन् । पश्चिम नेपाल बस व्यवसायी समिती नेपालकै ठूलो बस समिती हो । यतिका ठूला समितीमा आवद्ध बस व्यवसायी समेत असुरक्षीत भइरहदा सामन्य समितीका मान्छेले के अपेक्षा गर्ने ? अर्को प्रश्न तेर्सिएको छ ।