१९ कार्तिक २०८३, बिहिबार

पशु पोषण सुधारका लागि कार्यदल गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पशुपक्षी-मन्त्रालयकाठमाडौँ, ५ साउन । पशुपक्षी मन्त्रालयले राष्ट्रिय पशु प्रजनन तथा नश्ल सुधार र राष्ट्रिय पशु आहारा तथा पशु पोषण सुधार लागि सुझाव दिन अलगअलग कार्यदल गठन गरेको छ ।

डा नन्दप्रसाद श्रेष्ठको संयोजकत्वमा गठित राष्ट्रिय पशु प्रजनन तथा नश्ल सुधार सुझाव कार्यदलमा डा मनराज कोलाक्षपती, डा श्रीराम न्यौपाने, डा सूर्य पौडेल र नेपाल कृषि अनुसन्धान परिषद्का प्रतिनिधि रहनुभएको छ ।

पशुपक्षी मन्त्रालयद्वारा मङ्गलबार जारी विज्ञप्तिका अनुसार दलराम प्रधानको संयोजकत्वमा गठित रााष्ट्रिय पशु आहारा तथा पशु पोषण सुधार कार्यदलका अन्य सदस्यमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि मन्त्रालय, राष्ट्रिय चरन तथा पशु आहारा केन्द्र पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा वंशी शर्मा रहनुभएको छ ।

पशुपक्षी विकासमन्त्री शान्ता मानवी र राज्यमन्त्री नरदेवी पुन र मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलको संयोजकत्वमा मन्त्रालयमा सम्पन्न बैठकले ती कार्यदल गठन गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा जारी ४० बुँदे प्रतिबद्धताअनुसार पशुपक्षी विकास तथा अनुसन्धानमा क्षेत्रगत विकास गर्न ती समिति गठन गरिएको हो । ती कार्यदललाई तीन महिनाभित्र मन्त्रालयमा आफ्नो प्रतिवेदन पेस गर्न भनिएको छ । रासस