२६ कार्तिक २०८३, बिहिबार

बालुवाटारमा मन्त्रिपरिषद बस्दै, प्रधानमन्त्रीले महत्वपूर्ण निर्णय गर्न सक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oli (1)काठमाडौं, ५ साउन । मन्त्रालयका नियमित विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

अपरान्ह पाँच बजेपछि बस्ने बैठकमा विभिन्न मन्त्रालयका नियमित एजेण्डका विषयमा छलफल हुनेछ । आफूविरुद्धको अविश्वास प्रस्तावमाथि संसदमा छलफल हुनु एक दिन अगाडि प्रधामन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक डाक्नु भएको हो ।

बैठकमा बिहीबारबाट संसदमा प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्तावमाथिको छलफल र त्यसपछि बजेटका विषयमा छलफल हुने बुझिएको छ ।

बैठकमा अविश्वास प्रस्ताव र बजेटका विषयमा संसदमा के गर्ने भन्ने विषयमा ओलीले मन्त्रीहरूसँग परामर्श गर्ने जनाइएको छ ।

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले केही महत्वपूर्ण राजनीतिक निर्णय गर्न सक्ने स्रोतको भनाइ छ ।