२६ कार्तिक २०८३, बिहिबार

भीमफेदी दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा १० जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

बिहीबार शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले छठ पर्व मनाउन घर फर्किरहेका नागरिकको दुर्घटनामा परी अकालमै ज्यान गएको घटनाले आफूलाई मर्माहत र स्तब्ध बनाएको बताएका हुन् ।

अध्यक्ष ओलीले दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

अध्यक्ष ओलीले दुर्घटनामा घाइते भएका सबैको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । साथै, मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पनि अध्यक्ष ओलीले सरकारसँग आग्रह गरेका छन् ।