२६ कार्तिक २०८३, बिहिबार

‘प्रचण्ड’ले यसरी दिए सभामुख घर्तीलाई सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Onsari-prachandकाठमाडौं, ५ साउन ५ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र संसदीय परिपाटीअनुसार आफ्नो कामलाई अगाडि बढाउन सभामुख ओनसरी घर्तीलाई सुझाव दिनुभएको छ ।

काठमाडौंको लाजिम्पाटस्थित आफ्नै निवासमा बुधबार बिहान भेट्न पुग्नु भएकी सभामुख घर्तीलाई अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वासको प्रस्तावका विषयमा आएका अनेकथरिका टिकाटिप्पणीलाई भन्दा पनि संविधान र नियमावलीअनुसार अगाडि बढ्नुपर्ने सुझाव दिनुभएको हो ।

‘सभामुखको भूमिका चुनौतीपूर्ण हुन्छ’, अध्यक्ष दाहालको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘कुनै आग्रह, पूर्वाग्रहभन्दा पनि देशको संविधान र संसदको परिपाटी तथा नियमावलीका आधारमा निर्णय गर्दै अघि बढ्नु पर्छ ।’ दाहालले संसदको गरिमा कायम राख्न खोज्दा आलोचना हुनु स्वभाविक भएको बताउँनुभयो ।

सभामुख घर्तीले आफू संविधान र संसद नियमावलीभन्दा बाहिर नजाने बताउँदै अन्य दलहरूबाट आएका टिकाटिप्पणीलाई पनि सुझावका रुपमा लिने बताउनुभएको थियो ।

अध्यक्ष दाहालसँगको भेटमा घर्तीले सकेसम्म प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव र बजेट पारित गर्ने विषयमा प्रमुख दलहरूका वीच सहमति कायम गर्न आग्रह गर्नुभएको थियो । जवाफमा दाहालले त्यसका लागि पनि पहल भइरहेको उल्लेख गर्नुभएको छ ।

यसैवीच, सभामुख घर्तीले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेट गर्दै हुनुहुन्छ । यसअघि मंगलबार घर्तीले प्रधानमन्त्री ओलीसँग परामर्श गर्नुभएको थियो ।