१९ कार्तिक २०८३, बिहिबार

डोटीमा महिलाले विष सेवन गर्दा मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Poisonडोटी, ५ साउन । डोटीमा एक महिला मृत फेला परेकी छन् । डोटीको जिजौडामाण्डौ गाविस वडा नं ५ ढुङ्ग बस्ने ३७ वर्षीया टिकेश्वरी शर्मा विष्टको विषसेवनबाट मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।

जिजौडामाण्डौको ढुङ्गस्थित आफ्नै घरमा सोमबार राति छटपटाइरहेको अवस्थामा फेला परेकी शर्मा विष्टलाई अस्पताल ल्याउन लाग्दा बाटोमै मृत्यु भएको उनका श्रीमान् देवराज विष्टले राससलाई जानकारी दिनुभयो ।

सोमबार दिउँसो आँप खान भनी नजिकै पर्ने उच्चाकोटमा गएर साँझ घर फर्केकी मृतक शर्मा विष्टले एक्कासि विष सेवन गरेको उनका श्रीमान् देवराजले बताउनुभयो ।

‘विष सेवन गरेको थाहा पाउँदा हतारमा अस्पताल लैजान खोजेँ, तर बाटोमै मरिन्’, देवराजले भन्नुभयो । विष सेवनको कारण भने खुल्न सकेको छैन ।

मृतक टिकेश्वरीका तीन वर्षीय छोरा र दुई वर्षीय एक छोरी रहेको उनका आफन्तले बताएका छन् । रासस