बैतडी, ५ साउन । भरुवा बन्दुकसहित प्रहरीले बझाङमा एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार पक्राउ पर्नेमा बझाङ देउलीकोट–३ का हरिप्रसाद जोशी रहेका छन् । भरुवा बन्दुकसहित जोशीलाई विशेष सुराकीका आधारमा मङ्गलबार उनकै घरबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका जोशीलाई हातहतियार खरखजाना ऐनअनुसार कारबाही हुने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस












प्रतिक्रिया