१९ कार्तिक २०८३, बिहिबार

आफ्नै श्रीमती र सासुको हत्या गर्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau

रुकुम, ४ साउन । आफ्नै श्रीमती र सासुको हत्या गरेको अभियोगमा रुगा गाविस–४ बस्ने २६ बर्षीय जगतबहादुर खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार खड्काले २६ बर्षीया श्रीमती नौमती खड्का र ४५ बर्षीया सासु ओती ओलीलाई आप्mनै घरको पिढी र आँगनमा फलामको भुजुंगोले टाउकोमा प्रहार गर्दा दुवैजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।