१९ कार्तिक २०८३, बिहिबार

विश्वकै दुर्लभ चमेरा संरक्षण क्षेत्र घोषणा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bisawa ko Durlav chamera– शम्भू माली

कपिलवस्तु, ४ साउन । चमेरा संरक्षण गर्न यहा बिषेश संरक्षण क्षेत्र घोषणा गरिएको छ । चमेरा दिनानुदिन लोप हुन थालेकाले कपिलवस्तु नगरपालिका–४ देबानगढीयाको एक हेक्टरलाई सरक्षण क्षेत्र घोषणा गरिएको हो ।

देबनगढीया स्थित राधादेबी रायमाझीको स्बामित्बमा रहेको पोखरीको डिलमा रहेका १०–१२ रुखमा ५ सय बढी चमेरा बसेका छन् । उक्त ठाउमा ठूलो संख्यामा चमेरा पाईएका संरक्षण क्षेत्र घोषणा गरेको बरिष्ठ चराबिद् डा. हेमसागर बरालले बताए ।

डब्लु डब्लु एफ नेपालको सहयोगमा संरक्षणका क्षेत्रका क्रियासिशल हिमाली प्रकृतिद्वारा संरक्षित क्षेत्र घोषणा गरिएको हो । बिभिन्न कारणले चमेरा लोप हुदै गएका सक्दो छिदो संरक्षण गरिन भने हराएर जाने डर भएकाले अभियान शुरु गरिएको उनले बताए ।

राष्ट्रिय निकुञ्ज र बन्यजन्तु आरक्ष बाहेक संरक्षण क्षेत्र घोषणा गरिएको यो नेपालमा पहिलो हो । अझ चमेराको बिषेश रुपमा मुलुकको पहिलो संरक्षण क्षेत्र भएकाले यस्को महत्ब बढेको उनले बताईन् । ढेबानगढीया राज चमेराको बासस्थान मात्र नभई प्रजनन् गरि ब्रडिङ्ग समेत त्यही गरेर बच्चा हुर्काउने हुदा निक्कै महत्बपुर्ण रहेको छ

बिश्वमै दुर्लभ मानिने रातमा ९० प्रतिशत र दिनामा १० प्रतिशत मात्र उज्यालो हेर्न सकिने स्तनधारी जन्तु चमेरो अहिले कपिलवस्तु जिल्लाका बिभिन्न ठाँउको रुख माथी झुन्डिएको देखिन्छन् । जन्तुहरुमा चमेरो एउटा मात्र यस्तो जन्तु हो जुन रुख माथी झुन्डिएर बस्ने गरेको पाईन्छ । चमेरोले बच्चा जन्माउछ ।

नेपालमा मेची देखी महाकाली सम्म पाईने चमेरो लोप नभए पनि संख्यामा कम हुदै गएका छन । एक पटकमा एक बच्चा जन्माउछ । चमेरोले चैत्र देखी असार सम्ममा बच्चा जन्माउछ । बच्चा जन्माउने संरक्षित क्षेत्र नभएकोले र रुख माथी झुन्डीएर बच्चा जन्माउने हुदाँ बच्चा जमिनमा खसी मर्ने भएकोले दिन प्रति दिन चमेरोको संख्यामा कम हुदै गएको नेपालका बरिष्ठ चराबिद् डा. हेमसागर बरालले बताए ।

चमेरोलाई चेपाङ्ग जातीले खाने भएको यसको चोरी शिकारी बढेको छ । मानिसले जिसकाउने र बिद्युतको नाङ्गो तारमा करन्ट लागी मर्ने गरेका छन । अन्य जन्तु भन्दा चमेरोको रक्त संचार प्रणाली राम्रो भएकोले रुखको हाँगामा खुट्टा झुन्डीयाएर टाउको तल गरि बसेको भए पनि चमेरोलाई कुनै किसिमको असर पर्दैन् । यसको आँखाको नानी एकदम राम्रो हुन्छ चमेराले पराग सेचन गरेर जैबिक बिबिधता संरक्षण गर्न सहयोग गर्ने काम गर्छ ।

त्यस्तै बालीनालीको किरा फट्याङ्गा खाएर अन्न उत्पादनमा बृद्धि गर्ने हुँदा कृषकको साथीका रुपमा पनि चमेराले काम गर्ने बन कार्यालयका उपसचिव बन अधिकृत कृष्णप्रसाद न्यौपानेले बताए ।