– शम्भू माली
कपिलवस्तु ४ साउन । आज विहान कपिलवस्तुको गुडरुडं नदीमा डुब्दा एकै परिवारका २ जना बावुछोरा बेपत्ता भएका छन् ।
त्यसरी बेपत्ता हुनेहरुमा भुकृटी नगरपालिका ८ का वर्ष ३५ का दुधमान खड्का र वर्ष ६५ का तारा बहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।
घरायसी कामका सिलसिलामा छोरा दुधमान नदीमा पसेपछि उनलाई नदिले वगाउंदा निजलाई बचाउन बावु तारा बहादुर समेत नदीमा पसेपछि दुवै वेपत्ता भएका छन् ।
बेपत्ताको स्थानीयवासिन्दा, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायतले खोजी कार्य जारी राखेपनि नदीमा ठूलो भेल भएकाले समस्या भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक निर्मल बुढाथोकीले बताए ।












प्रतिक्रिया