काठमाडौँ, ३ साउन । विवेकशील नेपाली दलले ‘निःशुल्क घुम्ती क्लिनिक’ कार्यक्रमको आयोजना गरेको छ ।
व्यस्त जनजीवन र प्रदुषणले काठमाडौँवासीको स्वास्थ्य निकै नै चाँसोको विषय रहेको भन्दै विवेकशील नेपाली दलले आज पशुपति मन्दिर क्षेत्रमा बिहान ७ बजे देखि १२ बजे सम्म ‘निःशुल्क घुम्ती क्लिनिक’ कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कार्यक्रममा ३५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
रक्तचाप, मधुमेह तथा रगत समूह जाँच गरिने सो कार्यक्रम काठमाडौँ नगरपालिकाको विभिन्न क्षेत्रमा हप्ताको १ दिन गरिनेछ ।













प्रतिक्रिया