१९ कार्तिक २०८३, बिहिबार

एपीएफ टोलीद्वारा पेस्तोलसहित एक जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

apf-final

सिरहा, ३ साउन । सिरहा जिल्लाको गोलबजार नगरपालिका ४ बाट एपीएफ टोलीले पेस्तोल र गोलीसहित सोहि ठाउँ बस्ने १८ वर्षिय रामगणेश बेलदारलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाबाट गस्तीमा खटिएको एपीएफ टोलीले विशेष सुराकीको आधारमा जाँच गर्ने क्रममा आइतबार निजको साथबाट एउटा सिक्सर पेस्तोल र सो को गोली दुई राउण्ड फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसवेला निज बेलदारले प्रयोग गरेको स. ५ प २२३ नम्बरको मोटसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका निजलाई बरामद हतियारसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।