१९ कार्तिक २०८३, बिहिबार

गुल्मीको उर्लीखोला बजारका ५९ घर बाढीको उच्च जोखिममा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Urlikhola Bazar In Gulmi

– अनिल खत्री

गुल्मी, ३ साउन । केहि दिन यता निरन्तर बर्षाले बडिघाट खोला बढेपछि गुल्मीको जोहाङ गाविस २ मा रहेको उल्र्लीखोला बजारका ५९ घर जोखिममा परेका छन् ।

बाढीले बजार नजिकैको सडक र विद्युतका पोल बगाईदिएको छ । खोला देखि १० मिटरको दुरीमा रहेका १५ घर उच्च जोखिममा छन् । स्थानीय एवं शिक्षक लक्ष्मण ढकालले दिएको जानकारी अनुसार निरन्तर बढीरहेको बडिघाट खोला आइतवार साँझ देखि किनारको खेत कटान गर्दै बजार क्षेत्र तर्फ प्रवेश गरेको छ । खोलाले सयौं हेटक्टर खेती योग्य जमिन कटान गरेर विद्युतको पोल र रुद्रवेणी वामीटक्सार सडकको केही भाग समेत भत्काएको छ ।

त्रासले स्थानीय रातभर जाग्राम बसेको उर्लीखोलाकै वडा नागरिक मञ्चका संयोजक कर्णकहादुर कार्कीले बताउनु भयो । बिजुलीको पोल बगेपछि गएराती देखि नै १० घरको बिजुलीको लाईन काटिएको र १५ घरले सामान निकालेर घर खाली गराएको कार्कीले जानकारी दिनुभयो । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय भैरहवाले बर्षेनी तटबन्धमा २० लाख रुपैंया भन्दा बढी खर्च गर्ने गरेपनि प्रभावकारी नहुँदा बस्ती सधै जोखिममा पर्ने गरेको छ ।

Urlikhola bazar

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बडिघाट खोलाको दुरी लामो भएकाले जतिखेर पनि उर्लेर आउन सक्ने भएकाले तत्काल नियन्त्रण सम्भव नभएकाले उच्च सर्तक अवस्थामा रहन आग्रह गरिएको बताउनु भयो । सतर्क रहने बाहेक तत्कालका लागि अर्को उपाय नभएकाले सुरक्षाकर्मी परिचालन गरेर सतर्क अवस्थामा राखिएको प्रशासनले जनाएको छ । बाग्लुङको बुर्तिबाङ भन्दा माथिबाट आउने बडिघाट खोलाले गुल्मीका विभिन्न स्थानको सयौं हेक्टर खेतीयोग्य जमिन कटान गर्नुका साथै उर्लीखोला, जुनियाको परमानन्दनगर, मजुवा लगायतका बजार समेत जोखिममा परेका छन् ।

वर्षातका कारण जिल्लाका ग्रामीण भेगका सडकहरु बिग्रदा यातायात सेवा बन्द भएका छन् । पहिरोका कारण रिडी–रुद्राबेणी–वामीटक्सार र तम्घास सिमलटारी सड्क अबरुद्ध भएको छ । सडकको बिभिन्न ठाउँमा माथीबाट आएको पहिरो बाटोमा खस्दा सडकहरु अबरुद्ध बनेका छन् ।