२६ कार्तिक २०८३, बिहिबार

गठबन्धनले सरकार बनाउन माओवादी–कांग्रेसलाई सहयोग गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanghya-Gathabandhan-650x366काठमाडौं, ३ साउन । मधेसी मोर्चासहितका दलहरू आबद्ध संघीय गठबन्धनले प्रधानमन्त्री केपी ओलीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्दै नयाँ सरकार गठनमा सहयोग गर्ने निर्णय गरेको छ ।

काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा सोमबार बसेको गठबन्धनको बैठकले ओलीविरुद्धको अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिनुभयो । गठबन्धनले माग पूरा नहुँदासम्म सरकारमा भने सहभागी नहुने निर्णय गरेको छ ।

‘हाम्रा मागका विषयमा लिखित प्रतिवद्धता आयो भने माओवादी केन्द्र र कांग्रेसलाई नयाँ सरकार बनाउन सहयोग गर्ने छौँ’, रामसपाका प्रवक्ता झाले भन्नुभयो, ‘सरकार बनाउन सहयोग गरे पनि सरकारमा सहभागी हुने छैनौँ ।’ उहाँले जहिले गठबन्धनको माग पूरा हुन्छ त्यहीले सरकारमा सहभागी हुने अन्यथा बाहिर बसेर सहयोग गर्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीलाई हटाउन माग माओवादी केन्द्र र कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन् । अविश्वासको प्रस्तावमा साउन ६ गतेदेखि छलफल हुँदैछ ।

संघीय गठबन्धनले आन्दोलनलाई निरन्तरता दिन विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम राख्ने निर्णय पनि गरेको छ । कार्यक्रमअनुसार साउन ५ गते काठमाडौंमा अन्तरक्रिया गरिने रामसपाका प्रवक्ता झाले बताउनुभयो ।

साउन १७ गते बुटवल, साउन २२ गते घोराही, साउन २५ गते बुटवल, साउन ३१ गते हेटौँडा, भदौ ४ गते चन्द्रनिगाहपुर, भदौ ११ गते बर्दिवास, भदौ १७ गते इटहरी, भदौ २२ गते विर्तामोड र भदौ २८ गते विराटनगरमा अन्तरक्रिया कार्यक्रम हुनेछ ।