२९ आश्विन २०८३, बिहिबार

शवसहित हेलिकोप्टर अलपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Thamserku-from-Namche
थामसेर्कु हिमाल

सोलुखुम्ब । मकालु हिमालबाट शव लिएर काठमाडौं जाँदै गर्दा मौसम खराबीका कारण सोमबार बिहान थामसेर्कु हिमाल र कुसुम खाङकरु हिमालको फेदमा आकस्मिक अवतरण गरिएको फिस्टेल एअरको हेलिकोप्टर मंगलबार पनि उड्न सकेन ।

मौसम खराब भएपछि हेलिकोप्टर हिमालको फेदमा केही समथर जग्गामा अवतरण गराइएको थियो । करिब ५ हजार मिटरको उचाइमा पर्ने सो स्थानमा चालकलाई लेक लाग्ने समस्या भएपछि हेलिकोप्टर र शव त्यही छाडी उनीहरु पाँच घण्टा हिँडेर चौंरीखर्कको मञ्जोमा आएका थिए ।

दिउँसो केहीबेर मौसममा सामान्य सुधार आएपछि चालक र हेलिकोप्टरको उद्धारका लागि सिम्रिक एअरको हेलिकोप्टरले प्रयास गरेको भएपनि मौसममा सुधार नभएकाले त्यो सम्भव भएन ।

मकालु हिमाल आरोहणका क्रममा ज्यान गुमाएका ३९ वर्षीय फ्रान्सेली नागरिकको शव लिएर हेलिकोप्टर मकालु हिमालको आधारशिविरबाट काठमाडौंँ गइरहेको थियो ।

यसैबीच, सगरमाथा क्षेत्रको भ्रमणका लागि आएका स्लोभाकियाका नागरिक थोमस यही वैशाख ११ गतेदेखि बेपत्ता भएका छन् ।

भ्रमणको क्रममा वैशाख ८ गते खुम्जुङस्थित दिङबोचे पुगेका थोमसको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक बद्रीविक्रम थापाले जानकारी दिनुभयो ।

स्थानीय होटलबाट वैशाख ११ गते बिहान घुम्न निस्किएका थोमस बेलुकी होटलमा नफर्किएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।