१९ कार्तिक २०८३, बिहिबार

कमैया महिलाले परिचयपत्र पाउनु पर्दछः भुमिसुधार मन्त्री

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramkumar-subba

काठमाडौं, २ साउन । भुमिसुधार मन्त्री रामकुमार सुब्वाले अबको दुई वर्ष भित्रमा देशमा कुनै पनि व्यक्ति सुकुम्वासी भएर बस्नु नपर्ने बताएका छन ।

आज काठमाडौंमा १७ औं मुक्ति दिवसको अवसर कमैया महिला जागरण समाज नेपाल र मुक्त कमैया समाजले आयोजना गरेको कार्यक्रम बोल्दै मन्त्री सुब्बाले सरकारले पहिचान गरेका मुक्त कमैया महिलाले तत्काल पहिचानका लागि परिचय दिने पनि वताएका छन् ।

वर्तमान सरकारले सबै गरिब विपन्न, कमैया, हलियालाई न्यूनतम रुपमा बासका लागि जमिनको व्यवस्था गर्ने नीति सुरुवात गरेको बताउनुभयो । कार्यक्रममा दांग, बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्लाको प्रतिनिधित्व गर्ने साँसदहरु मुक्त कमैयाको बास र कमैया महिलाको परिचयपत्र सरकारले विनाशत्र दिनु पर्ने बताएका थिए । बाँकेबाट निर्वाचित सांसद देवराज भारले कमैयाको हित, मुक्तिका लागि विगतमा एमालेले नै अगुवाई गरेकोले कमैया महिलाको पहिचानका लागि परिचयपत्र दिने काम पनि एमालेको नेतृत्वको सरकारले गर्ने बताए ।

साँसद संजय गौतमले कमैया मुक्त गर्दा भएका कमी कमजोरीलाई अझै पनि सच्याउनु पर्दछ । तत्तकालिन समय जमिनदारको जमिन नै कमैया मुक्त पछि दिनु पर्ने तर त्यसो नगरिएकोले अव सरकारले मुक्त कमैयालाई कुनै विलम्ब नगरी पुनस्र्थापन गर्नु पर्ने बताएका छन । सांसद गोपाल दहितले मुक्त कमैया र कमैया महिलाको अधिकारका बारेमा संघर्ष गरेको आफ्नो विगत हो अहिले पनि उनीहरुको पहिचान, पुनस्र्थापना र बासका लागि निरन्तर रुपमा आफु क्रियाशिल रहेको बताए ।

kamaiya-mahila

सरकारले अव थोरै जमिन दिएर हैन व्यवस्थित बासका लागि मुक्त कमैयालाई बजार क्षेत्रमा आवसको व्यवस्था गर्नु पर्ने बताएका थिए । सांसद गंगा चौधरीले हामी थारु समुदायका मुक्त कमैयाहरु भएकोले सबै क्षेत्र र पक्षले पछाडी पारेकोले अब सधै पछि नपर्ने त्यसका लागि आफु अगुवाई गर्ने बताइन । कार्यक्रम मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारी, महिला अधिकारकर्मी कमैया महिलाको परिचय पत्र अनिवार्य र मौलिक हक हो यो उनीहरुले पाउनु पर्ने बताएका थिए ।

कमैया महिला जागरण समाजकी अध्यक्ष कृष्णी थारुले हामी कमैया महिलाले परिचयपत्र पाउनु पर्ने नीतिगत र कानुनी अधिकार हो, सरकारले १७ वर्ष सम्म दिएको छैन यो कमजोरी हो । हामी परिचयपत्र नपाएकै कारण समाज, परिवारबाट महिलाले दुख सहनु परेको छ यसको अन्त्य हुनु पर्दछ ।

मुक्त कमैया समाजका उपाध्यक्ष जगन्नाथ डगौरा, कमैया महिला मैनामोती चौधरी लगाएका मुक्त कमैया र कमैया महिलाका अगुवाले मुक्त कमैयाको पुनस्र्थापन र महिलालाई परिचय पत्र दिने कार्यमा भएको ढिलासुस्तीको कार्य प्रति गुनासो गरेका थिए ।