१९ कार्तिक २०८३, बिहिबार

मेहनत गर्नेको साथमा भाग्य हुन्छ: आईजीपी राई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

durju-rai

काठमाडौं, २ साउन । सशस्त्र प्रहरी बल नीलबाराही गण बलम्बुको सकृयतामा सोही गणको कार्यायल हाताभित्र नवनिर्मित नीलबाराही मन्दिरको सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले साउन २ गते विशेष कार्यक्रमका वीच अनावरण गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक राईले त्यसअवसरमा विधिवत मुर्ती अनावरण गर्नुका साथै पुजा अर्चना समेत गर्नुभयो ।

विभिन्न संघ संस्था तथा महानुभाव एवं कालिगढको सहयोगमा नवनिर्मित उक्त मन्दिरको निर्माण कार्य गत वर्ष २०७२ साल जेष्ठ २९ गतेबाट सुरु भएको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले सो अवसरमा मन्दिर निर्माण कार्यमा सहयोग पु¥याउने विभिन्न महानुभावहरुलाई कदरपत्र प्रदान गर्नुभयो ।

सो गणले उक्त मन्दिर निर्माणमा गरेको प्रयास र योगदानको प्रशंसा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक राईले थोपा थोपा मिलेर सागर बने झै एउटा एउटा युनिटले गरेको असल प्रयासले समग्रमा संगठनको प्रगती हुने उल्लेख गर्नुभयो ।

उहाँले मन्दिर निर्माणमा योगदान पुर्याउने उक्त गण स्यावासीको भागिदार रहेको बताउनुहुँदै अनुशासित संगठनमा स्यावासीको पुरस्कार अन्य चिज सँग तुलना नहुने चर्चा समेत गर्नुभयो ।

‘मेहनतीको साथमा भाग्य हुन्छ, त्यसैले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु सधैं मेहनत गर्दै अगाडी बढि रहनुहोस्’ भन्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक राईले हिम्मतका साथ काम गर्दै अगाडी बढिरहे सफलताको देवीले सधैं आफुतीर तानी रहने विश्वास समेत व्यक्त गर्नुभयो ।

स्वच्छ मनले कार्यगर्नेलाई सधैं सफलता मिल्ने बताउनुहुँदै उहाँले मेहनत गर्नेको सधैं प्रगती हुने चर्चा गर्नुभयो ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक दिवाकर केसीले धन्यवाद ज्ञापनको क्रममा मन्दिर निर्माणमा विभिन्न महानुभावहरुबाट यथेष्ट सहयोग र सुझाव प्र्राप्त भएको बताउनुभयो । उहाँले मन्दिर निर्माणमा प्राप्त भएको सल्लाह, सुझाव र सहयोगको स्मरण गर्नुहुँदै सहयोगका लागि सबै प्रति आभार प्रकट गर्नुभयो ।

सशस्त्र प्रहरी बल नीलबाराही गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कालीदास धौवजी श्रेष्ठले निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुहुँदै निर्माण कार्यको लागि श्रोत साधन मात्रै नभई इच्छा शक्तिको समेत महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, प्रकाशन ओझा र जीतबहादुर पुन लगायत सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरुको समेत उपस्थित रहेको थियो ।