– सरु शर्मा
परासी, २ साउन । नरायणी नदीले बगाएर एक जना बालक बेपत्ता भएका छन् ।
नवलपरासीको पक्लीहंवा गाविस वडा नम्बर ५ बेलवानी बस्ने बर्ष १६ का सन्दिप बिन पक्लीहंवाको ठोकर नम्बर ५ बाट बेपत्ता भएका हुन् ।
नदीमा बगाएर ल्याएको दाउरा संकलन गर्न जाने क्रममा नदीमा पसेको र उनी करिव १२ बजेको समयमा बेपत्ता भएको रामनगर प्रहरी चौकीका प्रहरी ईन्चार्ज रिक्त बहादुर आले मगरले जानकारी दिनुभयो ।
नदीमा बेपत्ता भएका बालकको स्थानिय बासिन्दा र प्रहरीको सक्रियतामा खोजी कार्य भैरहेको उहाले बताउनुभयो । नदीमा पानीको बहाव उच्च भएकाले खोज्न कठिन भएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया