१९ कार्तिक २०८३, बिहिबार

‘सडकमा युवा उफारेर तमाशा नदेखाउनुहोस्, मुल ढोकाबाटै हिँडौँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

netaharuकाठमाडौं, २ साउन । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले एमालेले आफूहरूलाई राष्ट्रवादको कुरा नसिकाउन चेतावनी दिनु भएको छ ।

आइतबार रिपोर्टर्स क्बल नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पुनले भन्नुभयो, ‘हामीलाई एमालेले राष्ट्रियताको कुरा सिकाउनुपर्दैन, हिजोका दिनमा राष्ट्रवादको पक्षमा सुरुङ युद्धको उद्घोष गर्ने हामी नै हौं ।’ उहाँले नेपालमा हस्तक्षेप भयो भन्दै सरकारबाट राजीनामा दिनेपनि माओवादी रहेको बताउनुभयो ।

उहाँले एमालेको राष्ट्रवादमा नेपालकै मधेसी, आदिवासी, जनजाति, पिछडिएका वर्गहरू नअटाएको आरोप लगाउनुभयो ।

नेता पनले भन्नुभयो, ‘आजको भूमण्डलीय विश्वमा आफ्नो मुलुकको राष्ट्रियता जोगाउन हामी कटिबद्ध छौं, कसैले विदेशीको पछि लाग्यो भन्छ भने त्यो भावनामा बग्ने काम मात्रै हो, त्यो हल्लाको पछि लाग्नु जरुरी छैन ।’

एमालेले आफ्नो पार्टीसँग गरेका १४ बुँदे, ९ बुँदे र ३ बुँदे भद्र सहमति कार्यान्वयन नगरेको गुनासो गर्दै भन्नुभयो, ‘हामीले सँधैभरि केपी ओलीलाई प्रधानमन्त्री बनाउन भोट माँगेका होइनौं, हाम्रा केही साथीहरूलाई झण्डा नपाएर सरकारमा पठाएका होइनौं ।’

उहाँले स्वतन्त्र युवाहरूको नाममा ओलीको पक्षमा भएको नारावाजीलाई आफूहरूले राम्रोसँग बुझेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘यो सानो मुलुकमा कसको कार्यकर्ता कति छन्, हामीलाई राम्रोसँग थाहा छ ।’ उहाँले ओली खरो बोल्ने नेता भएकाले सोही अनुरुप आफ्नो भूमिका प्रदर्शन गर्नुपर्ने बताउनुभयो । माओवादी नेता पुनले भन्नुभयो, ‘चोर बाटो वा झ्यालबाट नहिँडौ, मुल ढोकाबाटै अघि बढौं ।’

कांग्रेसका नेता अर्जुननरसिंह केसीले पनि काग्रेस–माओवादी केन्द्रवीच बनेको नयाँ गठबन्धनलाई एमालेले देशी विदेशी शक्तिको ईशारामा बनेको भनेर निराधार आरोप लगाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो माओवादीले सरकार बनाउ एमालेलाई सहयोग गर्दा एकदमै राम्रो भयो, आज सरकारबाट बाहिरिँदैमा दक्षिणको वा उत्तरको प्रभाव प-यो भन्ने कुरा गलत हुन् ।’

नेता केसीले प्रचण्डको नेतृत्वमा सरकार बन्दा मुलुकले निकास पाउने कांग्रेसले विश्वास लिएरै नै माओवादीसँग सहमति गरेको बताउनुभाये ।

एमालेका नेता तथा उद्योगमन्त्री सोमप्रसाद पाण्डेले संसदमा अविश्वासको प्रस्ताव पेश भएकाले अहिले नै यो सरकारलाई अल्पमतमा प¥यो भन्दै राजीनामा माग्नु असंवैधानिक हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार अल्पमतमा प¥यो भनेर भ्रम छर्नु राम्रो होइन् ।’