विराटनगर। एकीकृत नेकपा माओवादीको अध्यक्ष पदमा पुनः पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्दै राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
विगत २५ वर्षदेखि दाहाल पार्टी अध्यक्ष छन् ।
सम्मेलनले ९९ सदस्यीय केन्द्रीय समितिसमेत चयन गरेको छ । केन्द्रीय समिति गठनको उक्त निर्णयलाई राष्ट्रिय सम्मेलनको अन्तिम सत्रले अनुमोदन गरेको छ ।
यस्तै, सम्मेलनले अध्यक्ष दाहाल, नेताद्वय नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी रहने गरी केन्द्रीय कार्यालय गठन गरेको छ ।
केन्द्रीय सदस्य हितराज पाण्डेलाई केन्द्रीय कार्यालयको सचिवमा चयन गरिएको छ । त्यस्तै, पार्टी प्रवक्ताको जिम्मेवारी दीनानाथ शर्मालाई दिइएको छ ।
सम्मेलनले महँगी नियन्त्रण, न्यायाधीश नियुक्ति प्रक्रियाको खारेज र विराटनगरमा देखिएको जन्डिजको महामारी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।
यस्तै, टनकपुर भूमिबारे प्रधानमन्त्री सुशील कोइरालाको अभिव्यक्तिप्रति विरोध दर्शाउनुका साथै सम्मेलनले अस्थायी शिक्षकले गरेको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरेको छ ।
पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईलगायत १७ जनाले केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका छन् ।
बन्द सत्रमा नेता भट्टराईले छोटो मन्तव्यका क्रममा आफू नयाँ कार्यसमितिमा नबस्ने बताएका थिए । उनले आफू चीन जानु छ भन्दै बन्दसत्र स्थलबाट बाहिरिएको एक नेताले जनाए ।
सम्मेलनमा फरक मतलाई अध्यक्ष दाहालले सम्मान नगरेको भन्दै नेता डा भट्टराई, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, नवराज सुवेदी, प्रभु साह, हिसिला यमी, वलावती शर्मा, कुमार पौडेल, गंगा श्रेष्ठ, हेमराज भण्डारी, देवी खड्का लगायतका नेताले पनि पदमा नबस्ने घोषणा गरे । उनीहरुको घोषणा स्वीकृत भएको र नाम हटाएर हलमा प्रस्तुत भएको प्यानल एकतर्फी रुपमा पारित भएको सहभागी एक नेताले जानकारी दिए
बाबुराम पक्षका भनेर चिनिएका राम कार्की, डोरप्रसाद उपाध्याय, कल्पना धमला र भरत साह भने केन्द्रीय समितिमा बसेका छन् ।
यता, एमाओवादीका अध्यक्ष दाहालले भने वरिष्ठ नेता डा भट्टराई केन्द्रीय कार्यसमितिमा नबसिदिँदा आफूले असहज महसुस गरेको बताए ।
राष्ट्रिय सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उनले नयाँ कार्यसमितिले पार्टीलाई नयाँ गति प्रदान गर्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष दाहालले सम्मेलनले नयाँ कार्यसमितिको काँधमा गहन जिम्मेवारी थपिदिएको उल्लेख गरे ।
मुलुक अहिले इतिहासको गम्भीर मोडमा उभिएकाले मुलुकलाई निकास दिन परिवर्तनकारी शक्ति एकजुट हुनुपर्नेमा उनको जोड थियो ।
पार्टीलाई संगठित बनाएर लैजानुपर्ने बेलामा पार्टीका वरिष्ठ नेता केन्द्रीय कार्यसमितिमा नबस्नु दुःखद् भएको बताउँदै अध्यक्ष दाहालले जनता र पार्टीको भावना बुझेर डा भट्टराईलगायतका नेता कार्यसमितिमा सहभागी हुने विश्वास व्यक्त गरे ।
नयाँ नेतृत्वमा देखिएको असन्तुष्टिसँगै एमाओवादीभित्रको बिवाद फेरि बल्झने देखिएको छ ।
को–को छन् केन्द्रीय समितिमा ?
पुष्पकम दाहाल ‘प्रचण्ड’ नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, कृष्णबहाहुर महरा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, दीनानाथ शर्मा, लीलामणि पोखरेल, हरिबोल जगुरेल, शक्ति बस्नेत, अग्नि सापकोटा, जनार्दन शर्मा , हिसिला यमी, चन्द्रप्रकाश खनाल, हेमन्तप्रकाश ओली, गोपाल किराँती, हितराज पाण्डे, राम कार्की, लोकेन्द्र विष्ट, नन्दकिशोर पुन, लेखराज भट्ट, विश्वभक्त दुलाल, विश्नाथ साह, डिलाराम आचार्य, रामचन्द्र झा, उर्मिला अर्याल, शशी श्रेष्ठ, गिरिधारीलाल न्यौपाने, अमर तमु, नारायण दाहाल, ध्रुव पारजुली, गंगा कार्की, सन्तु दराई, गणेशमान पुन, जोखमबहादुर महरा, पुष्पविक्रम मल्ल, हितबहाुदर तामाङ, जगप्रसाद शर्मा, भक्तबहाुदर साह, कालीबहादुर मल्ल, दीपेन्द्र पुन, टेकबहादुर बस्नेत, महेश्वर गहतराज, कमला रोका, तेजबहादुर ओली, ओनसरी घर्ती, झक्कुप्रसाद सुवेदी, डोरप्रसाद उपाध्याय, हरि अधिकारी, कृष्णप्रसाद सापकोटा, टंंक आङबुहाङ, हिमाल राई, कुमार पौडेल, भीमप्रसाद कडायत, केशव नेपाल, डिआर पौडेल, प्रल्हाद बुढाकोथी, जीवन गौतम, हकिकुल्लाह खाँ, अन्जना विसंखे, प्रकाश पोखरेल, ईश्वरी भट्टराई, दिपबहादुर योञ्जन, राजु खड्का, दिनेश पन्थी, रामकुमार शर्मा, धर्मदत्त देवकोटा, रेखा शर्मा, कृष्णध्वज खड्का, महेन्द्रबहादुर साही, झलक दर्लामी, शालिकराम जमकट्टेल, महेन्द्र पासवान, अजयशंकर नायक, भरत साह, अशोक जयसवाल, विमला सुवेदी, सत्या पहाडी, कल्पना धमला, सीता पोखरेल, पूर्णाकुमारी सुवेदी, शिवकुमार मण्डल, विष्णु चौधरी, वीरमान चौधरी, दयाराम न्यौपाने र धनश्याम यादव ।














प्रतिक्रिया