१९ कार्तिक २०८३, बिहिबार

बलात्कार प्रयासको आरोपमा युवक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jailभीमदत्तनगर, २ साउन । १४ वर्षीया किशोरीलाई जबर्जस्ती बलात्कार गर्न खोजेको आरोपमा कञ्चनपुरको बेलारी नगरपालिकाका एक युवक पक्राउ परेका छन् ।

बेलौरी नगरपालिका– ४ खिरिया बस्ने ४२ वर्षीय दीपक ठकुल्लाले भान्सामा खाना पकाइरहेकी किशोरीलाई जबर्जस्तीको प्रयास गरेपछि प्रहरी खोरमा पुगेका हुन ।

इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार घरमा कोही नभएको बेला खाना पकाइरहेकी ती किशोरीलाई ठकुल्लाले जबर्जस्ती बलात्कारको प्रयास गरेका थिए । शनिबार घटनाबारे बालिकाले घरका अन्य सदस्यलाई जानकारी गराएपछि आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा ठकुल्लालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक भरत चौधरीले जानकारी दिनुभयो । रासस