१९ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओलीको समर्थनमा पाँचथर सदरमुकाम फिदिममा र्याली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

पाँचथर, १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा स्वतन्त्र युवाले पाँचथर सदरमुकाम फिदिममा आज शान्तिपूर्ण र्याली निकालेका छन् ।

फिदिमको लिम्बूवान गेटबाट सुरु भएको र्यालीले फिदिमबजार परिक्रमा गरी सोही गेटमा पुगेर सभा गरेको थियो । र्यालीमा करिब एकसय युवाको सहभागिता थियो ।

सभालाई सम्बोधन गर्दै स्वतन्त्र युवाहरुका संयोजक गणेश काफ्लेले दलहरुलाई सरकार परिवर्तनको फोहोरी खेलमा भन्दा संविधान कार्यान्वयन गर्दै मुलकको समृद्धि र विकासतर्फ लाग्न आग्रह गर्नुभयो । रासस