१९ कार्तिक २०८३, बिहिबार

प्रचण्ड पनि संघीय गठबन्धनको अनशनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda

काठमाडौं, ३१ असार । संघीय गठबन्धनको ३९ दिने रिले अनसनको अन्तिम दिन शुक्रबार गठबन्धनका शिर्ष नेताहरू अनसन बसेको स्थल शहिदमञ्चमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो ३ः३० बजेतिर आउने बताइएको छ ।

सत्ता समिकरणको खेलमा लागेका प्रचण्ड संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित २९ घटकको गठबन्धनको रिले अनसनको आन्दोलनमा आउन लागेका हुन् ।

घोषित संविधान पुनर्लेखनसहित २६ बुँदे मागहरू राखेर आन्दोलन गरिरहेको गठबन्धनले आफ्नो मागहरू पुरा नहुन्जेल कुनै पनि सरकारमा नजाने गठबन्धनका संयोजक उपेन्द्र यादवले प्रतिक्रिया दिइसकेका छन् ।

गठबन्धनसँग सम्बद्ध दलहरूको ४२ वटा व्यवस्थापिका सांसदहरू रहेका छन् । सत्ता खेलका लागि यो संख्या महत्वपूर्ण हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नै नेतृत्वमा सरकार बनाउन लागिपरेका छन् । आन्दोलनरत मधेसी मोर्चासहितको संघीय गठबन्धनले प्रधानमन्त्री केपी ओलीविरुद्ध माओवादी केन्द्र र कांग्रेसले पेस गरेको अविश्वास प्रस्तावलाई समर्थन गर्ने निर्णय समेत गरिसकेको छ । गत बुधबार अपराह्न बसेको गठबन्धनआबद्ध २९ घटकको बैठकले सो निर्णय गरेको हो ।

बैठक चल्दाचल्दै असार २९ गते प्रधानमन्त्री प्रत्यासी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उनका प्रस्तावक कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन घटकको समर्थन माग्न पुगेका थिए ।

अध्यक्ष प्रचण्डले समर्थन गन आग्रह गरे पनि गठबन्धनको माग सम्बोधन हुने गरी सिमांकनलगायत विषयहरूमा एजेन्डासहित कुराकानी गर्ने प्रतिबद्धता आउनुपर्ने गठबन्धनका नेताहरूले दोर्हाएका थिए ।

कांग्रेस र माओवादले ७ बुँदे गरेर आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने बुँदा पनि प्राथमिकतासाथ राखेको देखिन्छ ।

सरकार परिवर्तनका लागि व्यक्ति हेरेर भन्दा पनि मधेसी, जनजाति र आन्दोलनरत समुहहरूसँग अनुदार ओलीको विकल्पमा जोसुकै आए पनि सरकार गिराउन सघाउने नीतिअन्तर्गत गठबन्धनले दाहाल र देउवालाई पनि सघाउने भेटको क्रममा गठबन्धनका नेताहरूले जवाफ दिएका थिए ।

ओलीविरुद्ध अविश्वास प्रस्तावको पक्षमा समर्थन गर्ने गठबन्धनले बुधबारै विज्ञप्ति प्रकाशित गरी जनाएको थियो । कांग्रेसको २ सय ६ सिट, माओवादीको ८२ सिट, गठबन्धनको ४२ सिट, नेकपा संयुक्तको ३ सिट जोड्दा सरकार विपक्षमा ३ सय ३३ सिट बहुमत जुट्ने पक्का भएको छ, तर गठबन्धनले दाहालको सरकारमा भने अहिल्यै जाने कुनै सम्भावना नभएको दोहोर्याएको छ ।