पाल्पा, ३१ असार । पाल्पा जिल्लाको डेढगाउँ गाविस–७ तिरन्दी बस्ने धनमाया नेपाली गत सोमबारदेखि बेपत्ता हुनुहुन्छ ।
डेढगाउँ गाविस कार्यालयका पूर्व कार्यालय सहयोगी दलवीर नेपालीको गत असार १ गते मृत्यु भएपछि मानसिक रुपमा विचलित हुनुभएकी ६३ वर्षीया नेपाली बेपत्ता रहेको छोरी देवी परियारले बताउनुभयो ।
असार २७ गते दिउँसो १ बजे घरबाट निस्कनुभएकी धनमायाको खोजीका लागि परिवार, आफन्त, गाउँले र प्रहरीले खोजी कार्य गरिरहेका छन् ।
उनी हरियो टिसर्ट, हरियो कालो लुङ्गी, निलो पटुका र पहेँलो सल ओडेकी, अन्दाजी पाँच फिट उचाइ र गहुँगोरो अनुहारकी रहेको पनि पारिवारिक स्रोतले जनाएको छ । रासस












प्रतिक्रिया