गुल्मी, ३१ असार । गुल्मी जिल्लाको बाझकटेरी अज्ञात समूहले एक जनाको हत्या गरेको छ ।
बाझकटेरी १ छहराका ५५ वर्षीय छत्रबहादुर सेन ओलीको शुक्रबार बिहान १ बजेतिर अज्ञात समूहले हत्या गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
२ जनाको समूहमा आएको उनीहरूले सेनसँग समस्या परेको भन्दै पैसा मागेका थिए । पैसा छैन भनेपछि ओलीलाई एक्कासि धारिलो हतियार प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावले जानकरी दिनुभएको छ ।
हत्यामा संलग्न समूहको खोजी भैरहेको प्रहरीले जनाएको छ । छोरी र श्रीमतीसँगै रहेका सेनको हत्या पछि २ थान मोवाइल र कानमा लगाएका सुनका गहना समेत लुटेर लगेको बताइएको छ ।












प्रतिक्रिया