१९ कार्तिक २०८३, बिहिबार

भौतिक सुविधा छ, विद्यार्थी छैनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

School Bhawan– शेरबहादुर ऐर

कैलाली, ३१ असार । तीन वटा पक्की भवन । पर्याप्त बेन्चकुर्ची, तर विद्यार्थीको संख्या न्यून । कैलालीको पवेरा–६, बैजपुरस्थित सर्वोदय प्राथमिक विद्यालयमा यस शैक्षिक सत्रमा विद्यार्थीको संख्यामा एकाएक निकै कमी आएको छ ।

‘हाम्रो स्कूलमा शैक्षिक सत्र २०७२ मा दुई सय ५० विद्यार्थी थिए, अहिले घटेर ३२ जनामा सिमित भएको छ‘ विद्यालयका सहायक प्रधानाध्यापक हरिनारायण चौधरीले भने– यस्तै हो भने चाढै विद्यालय नै बन्द हुने अवस्था आउछ ।

सर्वोदय विद्यालयमा कक्षा कोठासहित भौतिक सुविधाको कमीका कारण विद्यार्थी घटेका चाही“ होइनन् । नौ वटा कक्षा कोठासहित तीन पक्की भवन छन् । दुई वटा शौचालय छन् । खानेपानीको व्यवस्था छ । तर, दरबन्दीका शिक्षक छैनन् । विद्यालयमा आन्तरिक आयस्रोतको अभाव छ । परिणामस्वरुप विद्यालय बन्द हुने अवस्थामा पुगेको छ ।

सो विद्यालयमा दुई जना शिक्षकको दरबन्दी रहेको छ । तर, एक वर्षदेखि दरबन्दीका दुवै जना शिक्षक काजमा अन्यत्र गएका छन् । विद्यालय चलाउन निजि स्रोतबाट दुई शिक्षक र तीन शिक्षिका राखिएकोमा हाल स्रोतको अभावमा तलब दिन कठिनाई भइरहेको प्रधानाध्यापक चौधरीले बताए ।

‘शैक्षिक सत्र २०७२ बाट दरबन्दीका दुवै जना काजमा गएका छन्’ प्रधानाध्यापक चौधरीका अनुसार स्रोतको अभावमा निजी स्रोतमा राखिएका पा“च जना शिक्षकलाई तलब दिन सकिएको छैन ।

सो विद्यालयले २०४९ सालमा स्वीकृति पाएको थियो । विपन्न समुदायका बालबालिका पठनपाठन गर्ने सो विद्यालयमा अभिभावकले विद्यालयलाई भर्ना वा अरु कुनै किसिमको शुल्क तिर्न नमानेपछि विद्यालय सञ्चालन गर्न निकै कठिनाई भइरहेको उनले बताए ।

विद्यालय व्यवस्थापन समितिले विद्यार्थीस“ग सामान्य शुल्क लिने निर्णय गरेर अभिभावकहरूलाई अनुरोध गरेकोमा अभिभावकहरूले आ–आफ्ना छोराछोरीलाई त्यहा“बाट निकालेर अरु विद्यालयमा भर्ना गरेको उनले बताए । ‘एक जना पनि अभिभावकले विद्यालयलाई सहयोग गर्न मानेनन्’ उनले भने– बरु सबैले धमाधम आफ्ना छोराछोरीलाई अरु विद्यालयमा भर्ना गरे ।

सो विद्यालयसंग रहेको ११ कठ्ठा जग्गा वार्षिक दुई लाख रुपैया“मा एउटा संस्थालाई भाडामा दिएको छ । सोही रकमबाट शिक्षकहरूलाई तलब दिने गरेको उनले बताए ।

सर्वोदयमा दरबन्दीमा रहेका दुई जना शिक्षकलाई चाढै काजफिर्ता गर्ने जिल्ला शिक्षा अधिकारी मानसिंह बिष्टले बताए ।