१९ कार्तिक २०८३, बिहिबार

काठमाडौंमा महिलाको घाँटीबाटै सुनको सिक्री लुट्ने ७ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असार । उपत्यकाभित्र मोटरसाइकल प्रयोग गरी बाटोमा हिडिरहेका महिलाहरुको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न ७ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिउको प्रहरी टोलीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नेहरुमा धापासी बस्ने दोलखा मिर्गे–१ घर भएका २७ बर्षीय अनिल तामाङ, २७ बर्षीय सुजन तामाङ, सिन्धुपाल्चोक नवलपुर घर भएका १९ बर्षीय जितेराज भन्ने बोझ बहादुर भुजेल, काभ्रे सर्सयुखर्क घर भएका २७ बर्षीय संजिव तामाङ, सिन्धुपाल्चोक घर भएका २३ बर्षीय सुदिप भन्ने बेल बहादुर बरायली, नुवाकोट घर भएका २३ बर्षीय गोकर्ण दुलाल र काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ४१ बर्षीय कृष्ण तामाङ रहेका छन् ।

उनीहरुले गत २०७२ भाद्र २८ गते देखि हालसम्म उपत्यकाका विभिन्न १३ स्थानबाट महिलाहरुले घाँटीमा लगाउको सुनको सिक्री लुटपाट गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरीले उनीहरुबाट ३ वटा मोटरसाइकल, नगद ९ हजार रुपैया समेत बरामद गरेको छ । सुन लुटपाट घटनामा संलग्न अन्य व्यक्तिहरुको समेत प्रहरीले खोजतलास गरिरहेको छ ।