१९ कार्तिक २०८३, बिहिबार

नेपाली सेनाद्वारा बाढी तथा पहिरो पीडितको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Army-helicopter-3-650x463
फाइल तस्वीर

काठमाडौं, ३० असार । विगत केहि दिनदेखि परेको अविरल बर्षाको कारण सिन्धुपाल्चोक जिल्लास्थित तातोपानी, भ्यानपार्क–४ इलाकामा बाढी तथा पहिरोको कारण अलपत्र परेका स्थानीय बासिन्दाहरुलाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार उद्धार गरिएका १९ जनालाई विहीबार सिन्धुपाल्चोेक जिल्लास्थित तातोपानी, भ्यानपार्क–४ इलाकाबाट सोही जिल्लाको बाह्रबिसेको सुरक्षित स्थानमा सारिएको छ ।

नेपाली सेना कुनैपनि प्राकृतिक विपद्को घडीमा उपलब्ध श्रोत साधनहरुलाई अधिकतम प्रयोग गरी जनधनको क्षतिको न्युनीकरण गर्न तत्काल परिचालित हुनसक्ने गरी सदैव तयारी अवस्थामा रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।