१९ कार्तिक २०८३, बिहिबार

बर्दियाको भुरिगाउँमा खुल्यो टाइगर एफएम

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

radio 1

– सुदीप अधिकारी

बर्दिया, २९ असार । बर्दिया बबई नगरपालिकास्थित भुरिगाउँ बजारमा रेडियो टाइगर एफ एफ संचालनमा आएको छ । बुधबार एक विशेष समारोहका बिच प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले एफ एमको उद्घाटन गरे ।

कृषि, संस्कृति, शिक्षा, स्वास्थ्य, मनोरञ्जन पर्यटन, संरक्षण र विकासका लागि संचार भन्ने नाराका साथ एफ एम संचालन गरिएको एफ एमका प्रवन्धक भाबुक योगीले बताएका छन् । करिव डेढ महिनासम्म एफ एमको परिक्षण प्रशारण हुनेछ ।

टाइगर एफ एम ८८ दशमलव २ मेगाहर्जमा सुन्न सकिन्छ । समुदायको विकासका लागि सामुदायिक समस्या तथा विभिन्न सवालहरुलाई उजागर गर्दै सामुदायिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने एफ एमको उदेश्य रहेको प्रवन्धक योगीले बताए ।

एफएमले समुदायमा आधारित जनचेतनामुलक कार्यक्रम उत्पादन तथा प्रशासण गर्नुका साथै रेडियो रिर्पोट, समाचार, अन्तरक्रिया, अन्तवार्ता, संरक्षण गतिविधी, प्रर्यटन प्रर्वद्धन, शिक्षा, स्वास्थय कला सस्कृती लगाएतका विभिन्न कार्याक्रमहरु प्रसारण गर्ने बताइएको छ । एफ एम संचालनले यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने स्थानियबासीको भनाई छ ।

टाइगर एफएम खुलेसँगै बर्दियामा एफएम रेडियोको संख्या ६ पुगेको छ ।